समाजसेवी किशोर राईद्धारा कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा 

  • जेठ १५, २०७८
  • २,३१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१५ जेठ ः नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य तथा धरान नगर पूर्व सभापति किशोर राईले कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराएकाछन् ।

राजनीति तथा खेलकुद क्षेत्रको अलवा सामाजिक क्षेत्रमा सकेत क्रियाशिल राईले कोरोना महामारीको समयमा एम्वुलेन्स सेवाको अभावम समयमा अस्पताल जान ढिला भई मृत्यु हुने गरेकोले विरामीको सेवाको लागि उनले एम्वुलेन्स सेवाको व्यवस्था गरेका हुन् ।

समाजसेवी राईले कोरोना महामारीको जोखिम व्यहोरेर विरामी ओसार पसार गर्नुपरेपनि चालकहरुलाई सुरक्षाका लागि पिपिई र उनीहरुको जीवन जोखिमका लागि भविष्यका लागि कुनैपनि व्यवस्था नभएकोले धरान क्षेत्रमा कार्यरत ४६ जना एम्वुलेन्स चालकहरुलाई जीवन विमा गराई दिने समेत राईले वताएकाछन् ।

चालकहरुलाई राज्यले पनि विमा नगरीदिएको उनीहरुको जीवन जोखिम हुनुका साथै परिवारमा समेत कुनै आधार नहुने भएकोले विमा गरीदिन लागिएको जनाएकाछन् ।

उनले कोरोना महामारीबाट विश्व नै आक्रान्त वनि रहेको अवस्थामा केही मात्रामा भएपनि समाजमा यो वेला सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रम गरीएको राईको भनाई रहेको छ ।

कोरोना महामारीको समयमा स्वास्थ्य प्रोटोकलको रुपमा रहेको माक्स सेनिटाइजर अति अपरीहार्य रहेकोले सुकुम्वासी क्षेत्रमा ५ हजार पिस माक्स वितरण गर्न लागिएको जानकारी गराएकाछन् ।

एम्फाका पूर्व केन्द्रीय समेत राईले सामाजिक क्षेत्र बाहेक खेलकुद क्षेत्रमा समेत कार्य गर्दै आएकाछन् ।उनले आफ्ना वुवा आमाको स्मृतिमा गत वर्ष पृथ्वी लक्ष्मी स्मृति व्याडमिन्टन ओपन प्रतियोगिता समेत गराएका थिए ।

धरान फुटवल क्लवका अध्यक्ष समेत रहेका राईको नेतृत्वमा धरानमा अन्तर्राष्ट्यि फुटवल प्रतियोगिता गराउदै धरानलाई खेलकुदको राजधानीको पहिचान गराउदै आएको छ ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic