पुरानो कमिटी ब्युँताउन ओली तयार पार्टी एक हुनेमा कार्यकर्ता आसावादी

  • जेठ १९, २०७८
  • ६,१२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १९ जेठ ः पार्टी विभाजनसम्मको अवस्थामा विवाद चुलिएको नेकपा एमालेको विवाद समाधान गर्न गर्न आफू हदैसम्म लचक भएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले वताएकाछन् ।

विवाद मिलाउन दोस्रो तहका नेता सक्रियभएपछि अध्यक्ष ओलीले समाधानका लागि नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई ब्युँताउन तयार भएको समेत वताएका हुन ।

एमाले उच्च स्रोतले जानकारी दिएको जानकारी अनुसार माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएकाछन् ।यता नेपाल समूहले भने विश्वासिलो आधार तयार भएमात्र पार्टीमा फर्कन समिने वताएको स्रोतको दावी रहेको छ ।

नेपाल समूहले आफूले राखेका केही शर्त मान्न तयार भए विज्ञप्ति जारी गरी पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन्।

छलफलमा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट र ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी भएका थिए।

छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएकाछन् । उनीहरुले पार्टी पुरानै अवस्थामा फर्कन सक्ने संकेत समेत उनीहरुले गरेकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic