सुनसरीमा लकडाउन जेठ ३१ गते सम्म तरकारी पसल समेत वन्द रहने

  • जेठ २१, २०७८
  • ९९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ जेठः जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते सम्म फेरि लकडाउन थप गरेको छ ।

कोरोना संक्रमणदर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो ।

1

 

sun1-= 2

sun = 3 आज बसेको डिसिसिएमसीको बसेको बैठकले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणहरूलाई पनि औषधी खरिद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको कार्यालयले उल्लेख गरेको छ ।

कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरूलाई बिहान ५ बजे देखि ७ बजेसम्म र बेलुकी पनि ५ देखि ७ बजेसम्म हिँड्न दिइने प्रशासनले जनाएको छ ।

तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसल, हाट, गुद्री समेत पूर्ण रूपले बन्द गर्ने । औषधी पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्ने निर्णय भएको छ ।

सञ्चारकर्मी र पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभाग वा सम्बन्धित सञ्चार गृहले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिनेछ ।

विवाह तथा व्रतबन्ध आयोजनाका लागि ७ जना (दुलाहा दुलही सहित) भन्दा बढी नहुने गरी सहभागी हुन पाउने र उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्न पाउने छैन ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic