असार ७ गते सम्म सुनसरीमा लकडाउन खाद्यान्नका पसल बिहान ५ बजे देखि ११ बजे सम्म खुल्ला हुने

  • जेठ ३१, २०७८
  • १,६५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ जेठ ःसंक्रमितको संख्या घटन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ७ गते सम्म निषेधाज्ञा थप गरेको छ ।

हिजो आइतबार बसेको डिसिसिएमसि बैठकले एक हप्ता लकडाउन थप्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले असार १ गते देखि लागु हुने गरी असार ७ गते सोमबार मध्य राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जानकारी दिएकाछन् ।

bizyapi

प्रजिअ ढकालका अनुसार स्वास्थ्य मापदण्डहरु पुरा गरी तोकिएका पसलहरू सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा केही खुकुलो पारिएको हो ।

सो समयमा खाद्यान्न पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष समेत) बिहान ५ः०० बजे देखी दिनको ११ः०० बजे सम्म खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तरकारी, दुधडेरी, फलफूल तथा माछा मासु पसल स्वास्थ्य मापदण्ड अपनाई बिहान ५ बजे देखि दिनको ११ बजेसम्म खोल्न पाइने पनि निर्णय भएको छ ।

प्रशासन कार्यालयका अनुसार दूधडेरी तथा दुग्धजन्य पदार्थ, फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्बाध रूपले गर्न पाउने तर सब्जी मन्डी, गुद्री, हाट बजार लगायतका स्थानमा बिक्री वितरण गर्न पाइने छैन ।

त्यसैगरी पुस्तक तथा स्टेशनरी पसल स्वास्थ्य मापदण्ड अपनाई बिहान ५ बजे देखी दिनको ११ बजे सम्म खोल्न पाइने छ ।

निर्माण सामाग्री ढुवानी गर्ने ट्रिपर, ट्रक र ट्याक्टर निर्वाधरुपले सञ्चालन गर्न दिने निर्णय भएको छ ।
यस अघिको भन्दा लकडाउन केही खुकुलो वनाइएको कार्यालयले जनाएको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic