असार ७ गते सम्म सुनसरीमा लकडाउन खाद्यान्नका पसल बिहान ५ बजे देखि ११ बजे सम्म खुल्ला हुने

  • जेठ ३१, २०७८
  • १,६२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ जेठ ःसंक्रमितको संख्या घटन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ७ गते सम्म निषेधाज्ञा थप गरेको छ ।

हिजो आइतबार बसेको डिसिसिएमसि बैठकले एक हप्ता लकडाउन थप्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले असार १ गते देखि लागु हुने गरी असार ७ गते सोमबार मध्य राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जानकारी दिएकाछन् ।

bizyapi

प्रजिअ ढकालका अनुसार स्वास्थ्य मापदण्डहरु पुरा गरी तोकिएका पसलहरू सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा केही खुकुलो पारिएको हो ।

सो समयमा खाद्यान्न पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष समेत) बिहान ५ः०० बजे देखी दिनको ११ः०० बजे सम्म खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तरकारी, दुधडेरी, फलफूल तथा माछा मासु पसल स्वास्थ्य मापदण्ड अपनाई बिहान ५ बजे देखि दिनको ११ बजेसम्म खोल्न पाइने पनि निर्णय भएको छ ।

प्रशासन कार्यालयका अनुसार दूधडेरी तथा दुग्धजन्य पदार्थ, फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्बाध रूपले गर्न पाउने तर सब्जी मन्डी, गुद्री, हाट बजार लगायतका स्थानमा बिक्री वितरण गर्न पाइने छैन ।

त्यसैगरी पुस्तक तथा स्टेशनरी पसल स्वास्थ्य मापदण्ड अपनाई बिहान ५ बजे देखी दिनको ११ बजे सम्म खोल्न पाइने छ ।

निर्माण सामाग्री ढुवानी गर्ने ट्रिपर, ट्रक र ट्याक्टर निर्वाधरुपले सञ्चालन गर्न दिने निर्णय भएको छ ।
यस अघिको भन्दा लकडाउन केही खुकुलो वनाइएको कार्यालयले जनाएको छ ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic