पार्टी एकताका लागि अध्यक्ष वा प्रधानमन्त्री छाडन ओलीलाई युवा संघको सुझाव

  • असार १, २०७८
  • १२७ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौ,१ असार ः नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा संघ अध्यक्ष वा प्रधानमन्त्री छाडेर पार्टी एकता कायम गर्न सुझाव दिएको छ ।

संघले पार्टी एकताका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिएर एकताको पक्षमा उभिन युवा संघले सुझाव दिएको हो ।

युवा संघ वाग्मती प्रदेश कमिटीले २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग समेत गरेको छ ।

खनाल–नेपाल समूहनिकट युवा संघले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्दै आत्मालोचना गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

एक व्यक्ति एक पद कायम हुनुपर्ने युवा संघका पदाधिकारीको सुझाव रहेको छ।

संघले विज्ञप्ति प्रकाशित गरी एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ पाँचबुँदे माग

क. नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।

ख. जनताको प्रतिनिधिमूलक संस्था संघीय प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि अध्यक्ष कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।

ग. एक ढिक्का नेकपा ९एमाले० ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने स्पष्ट छ । यसर्थ अब पनि विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्धतिअनुसार २०७५ जेष्ठ २ गतेको कमिटी ब्युँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गर्दछौँ ।

घ. एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ ।

ङ. विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप नेपाली जनताले यथाशीघ्र लगाउन पाउने व्यवस्था गरी सम्पूर्ण आम नेपाली जनताको जीवनरक्षा गर्नको लागि जोडदार माग गर्दछौँ ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic