मारवाडी मिड यूथको रक्तदानमा२ सय ३ पिन्ट रगत संकलन

  • असार ५, २०७८
  • २,३१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असार ः मारवाडी मिड यूथ धरानले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय ३ पिन्ट रगत संकलन भएको छ ।

कोरोना महामारीको बिचमा आयोजना गरीएको कार्यक्रममा पनि लक्ष्यभन्दा पनि बढी रगत संकलन भएको मारवाडी मिड यूथ धरानका संयोजक अनिल कुमार अग्रवालले जानकारी दिएकाछन् ।

उनका अनुसार १ सय ५० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएकोमा २ सय ३ पिन्ट रगत संकलन भएको छ ।

कोरोना महामारीले गर्दा प्रदेश १ का विभिन्न अस्पतालहरूमा बिरामीले रगत नपाएर अकालमा ज्यान गुमाउन थालेपछि समाजले रक्तदान कार्यक्रमको आयोजना गरीएकोे आयोजकले जनाएकोछ ।

कार्यक्रम संयोेजक अग्रवालका अनुसार प्रदेश १ का ब्लड बैङ्कहरूमा रगतको चरम अभाव भइरहेको र यसले बिरामीहरूको उपचारमा गम्भीर समस्या परेको थाहा पाए पछि मारवाडी युथले बिरामीहरूको उपचारमा सहज होस् भनेर रक्तदान गरेको थियो ।

रेडक्रस सुनसरीका सभापति उमेश थापाले प्रदेश १ मा रगतको चरम अभाव भइरहेको बेला रक्तदान गरी सहयोग गरेको भन्दै रक्तदान गर्नेहरूलाई धन्यवाद दिए ।

प्रदेश १ का धरान, विराटनगर र झापामा रहेका ब्लड बैङ्कहरूमा विभिन्न समूहको रगत अभाव हुँदा बिरामीको उपचारमा गम्भीर समस्या भइरहेको चिकित्सकहरूले बताएका छन् ।

मारवाडी युथले पहिलो लकडाउन सुरु भए देखि नै विभिन्न सामाजिक कार्य गदै आएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic