स्थापना दिवसमा मेयर पार्कमा वृक्षारोपण

  • असार ६, २०७८
  • ५,१०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असार स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट प्रदेश नं १ ले आयोजना र नेपाल स्काउट धरानको समन्वयमा वृक्षारोपण सम्पन्न भएको छ ।

शनिवार धरान–१६ स्थित मेयर पार्कमा बाह्रै महिना हरियाली रहने रुख तथा फूलहरू रोपिएको हो ।

नेपाल स्काउट प्रदेश १ का तदर्थ समितिका सदस्य हेमन्त भण्डारीले जानकारी दिए।

फूलहरूले पार्कहरूलाई सुन्दर र सुगन्धमय बनाउने कार्य गर्दछ, त्यसैले धरानका अन्य ठाउँहरूमा पनि बोटबिरुवा रोप्ने योजना स्काउटको रहेको स्काउट भण्डारीले बताएकाछन् ।

स्काउट धरानका संयोजक अनुप तामाङ, उपमहानगरपालिका उपप्रमुख एवम् प्रमुख स्काउट मञ्जु भण्डारी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओली, १६ नं वडाका वडाध्यक्ष दिलकुमार गिरी, प्रदेश सदस्य भण्डारी, नारद राई, शिक्षासेवी हरिहर कोइराला, नगर सदस्यहरू सुशील राई, पुष्पा राई, अमित अग्रहरी, ओमकृष्ण उदास लगायतको उपस्थितिमा ५० किसिमका बोटबिरुवा रोपिएको थियो ।

प्राकृतिक प्रकोप न्यूनीकरण तथा हरीयाली वनाई शुद्ध अक्सिजन प्राप्त गर्ने भएकोले वृक्षारोपण गरीएको भण्डारीले भनाई रहेको छ ।

रुखबाट भूक्षय कम गर्नुका साथै रुखहरू भएको स्थानमा चिस्यान कायम हुन गई खडेरी कम गर्न समेत सहयोग गर्छ भन्ने उद्देश्यले नेपाल स्काउटले प्रदेश नं १ भरिका पालिकाहरूमा स्काउटले यस्ता कार्यक्रयहरु सञ्चालन गरेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic