केन्द्रमा शेर बहादुर देउवाको घोषणा ,धरान नगरमा किशोर राईको उम्मेद्वारी घोषणा धरानलाई नेपाली काँग्रेसको किल्ला वनाउने प्रतिवद्धता

  • असार ७, २०७८
  • १२,३७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असार ःसामुहिक नेतृत्व,मजवुत संगठन र पारदर्शिता, सुनिश्चित सुशासन हाम्रो प्रतिवद्धता भन्ने मुल नारा तय गर्दै नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा किशोर राईले नेपाल कै पहिलो पटक नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन् ।

राईले १४ औं महाधिवेशनका लागि धरान नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

राईले सोमबार विज्ञप्ति जारी गर्दै धरान नगर सभापतिमा आफुले उम्मेदवारी घोषणा गरेको जानकारी दिएका हुन् ।

आफु नगर सभापति भएको खण्डमा धरानलाई नेपाली काँग्रेसको किल्ला वनाउने उनले उल्लेख गरेकाछन् ।

उनले स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउनको लागि आफ्नो महत्वपूर्ण भूमिका रहेको दावी गर्दै कांग्रेसलाई एकढिक्का वनाउदै समग्र पार्टीलाई सुदृढ र सक्षम वनाउन सवै शक्ति खर्चिने वताएकाछन् ।

राईले छाल खवरलाई प्रतिक्रिया दिदै भने पार्टी भित्र सुशासन,सामुहिक नेतृत्वको अभ्यास र धरानको प्रमुख मुद्दाहरुको कार्यान्वयनको लागि मेरो उम्मेद्वारी हो ।

राई पूर्व धरान नगर सभापति तथा हालका जिल्ला सदस्य समेत हुन । राजनीतिक क्षेत्रसंगै खेलकुद क्षेत्रमा समेत पहिचान वनाएका राई एन्फाका पूर्व उपाध्यक्ष तथा प्रदेश नं १ का वर्तमान अध्यक्ष समेत हुन । धरानलाई खेलकुदको शहर उपनामले पहिचान गराउन राईको योगदान महत्वपुर्ण रहेको छ ।

उनले आगामी अधिवेशनलाई एकताको अधिवेशनको रूपमा लिई नेपाली काँग्रेस पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन साथै सबल, सक्षम र समन्वयकारी नेतृत्वको चयन गर्न समेत विज्ञप्तिमा अपिल गरेकाछन् ।

आम कार्यकर्ताहरुको सल्लाह सुभाव र सवैको भावना अनुसार विगतमा पनि आफूले काम गर्दै आएको र आगामी दिनमा पनि सवैको भावना अनुसार काम गर्दै जाने प्रतिवद्धता जनाउदै सभापतिमा निर्वाचित हुनेमा आफू विस्वस्त रहेको उनले जिकिर गरेकाछन् ।

 

 

 

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic