केन्द्रमा शेर बहादुर देउवाको घोषणा ,धरान नगरमा किशोर राईको उम्मेद्वारी घोषणा धरानलाई नेपाली काँग्रेसको किल्ला वनाउने प्रतिवद्धता

  • असार ७, २०७८
  • १२,३०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असार ःसामुहिक नेतृत्व,मजवुत संगठन र पारदर्शिता, सुनिश्चित सुशासन हाम्रो प्रतिवद्धता भन्ने मुल नारा तय गर्दै नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा किशोर राईले नेपाल कै पहिलो पटक नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन् ।

राईले १४ औं महाधिवेशनका लागि धरान नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

राईले सोमबार विज्ञप्ति जारी गर्दै धरान नगर सभापतिमा आफुले उम्मेदवारी घोषणा गरेको जानकारी दिएका हुन् ।

आफु नगर सभापति भएको खण्डमा धरानलाई नेपाली काँग्रेसको किल्ला वनाउने उनले उल्लेख गरेकाछन् ।

उनले स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउनको लागि आफ्नो महत्वपूर्ण भूमिका रहेको दावी गर्दै कांग्रेसलाई एकढिक्का वनाउदै समग्र पार्टीलाई सुदृढ र सक्षम वनाउन सवै शक्ति खर्चिने वताएकाछन् ।

राईले छाल खवरलाई प्रतिक्रिया दिदै भने पार्टी भित्र सुशासन,सामुहिक नेतृत्वको अभ्यास र धरानको प्रमुख मुद्दाहरुको कार्यान्वयनको लागि मेरो उम्मेद्वारी हो ।

राई पूर्व धरान नगर सभापति तथा हालका जिल्ला सदस्य समेत हुन । राजनीतिक क्षेत्रसंगै खेलकुद क्षेत्रमा समेत पहिचान वनाएका राई एन्फाका पूर्व उपाध्यक्ष तथा प्रदेश नं १ का वर्तमान अध्यक्ष समेत हुन । धरानलाई खेलकुदको शहर उपनामले पहिचान गराउन राईको योगदान महत्वपुर्ण रहेको छ ।

उनले आगामी अधिवेशनलाई एकताको अधिवेशनको रूपमा लिई नेपाली काँग्रेस पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन साथै सबल, सक्षम र समन्वयकारी नेतृत्वको चयन गर्न समेत विज्ञप्तिमा अपिल गरेकाछन् ।

आम कार्यकर्ताहरुको सल्लाह सुभाव र सवैको भावना अनुसार विगतमा पनि आफूले काम गर्दै आएको र आगामी दिनमा पनि सवैको भावना अनुसार काम गर्दै जाने प्रतिवद्धता जनाउदै सभापतिमा निर्वाचित हुनेमा आफू विस्वस्त रहेको उनले जिकिर गरेकाछन् ।

 

 

 

 

एस.ई.ई. स्पिकर पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्प

छाल खवरधरान, ६ असार – विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व् ...

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic