बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२७ रुपैयाँ प्रतिलिटर

  • असार १०, २०७८
  • १६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं १०, धरान ः नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, जिडेल, मट्टितेल तथा हवाई इन्धन ९अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान०को मूल्य बढाएको हो।

पेट्रोल, जिडेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ।२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ।

हवाई इन्धन अन्तर्राष्ट्रि उडाको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ।

आयल निगमले करिब १८ दिनकै अवधिमा पुनस् इन्धनको मूल्य बढाएको हो। यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी पनि निगमले इन्धनको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको थियो।

फेरि मूल्य बढाउँदा पनि निगमले घाटा नै रहेको बताएको छ। हाल पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको निगमको जिकिर छ।

 

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic