आत्मा उत्सर्ग संस्थाद्वारा पुर्नस्थापना केन्द्रमा खानाको व्यवस्था

  • असार १०, २०७८
  • ३९७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१० असार ः आत्मा उत्सर्ग संस्थाले धरानको छाता चौकस्थित पुरानो अस्पताल परिसरमा रहेको पुर्नस्थापना केन्द्रमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

एक महिना अघिदेखि सडकमा अव्यवस्थित जनावरलाई खाना खुवाउँदै आएको सो संस्थाले ३१ औँ दिनमा खाना खुवाएको हो ।

संस्थाका अध्यक्ष रुसल श्रेष्ठले युवाहरुको संलग्नता रहेको उक्त संस्थाले वाटर बैंक र फुड बैंकको अवधारणालाई अघि सारेर सामाजिक कार्यको थालनी गरेको जानकारी दिए ।

उनका अनुसार संस्थाले कोरोना महामारिको समयमा सडकमा अव्यवस्थि जनावरलाई खाना खुवाउन थालेको र दैनिक लगभग १ सय ५० को संख्यामा अव्यवस्थित जनावरलाई खाना खुवाउँदै आएको थियो ।

श्रेष्ठले एन्थ्री फाउण्डेशनको पनि सहकार्य रहेको जानकारी दिए ।उनीहरुको संस्थामा १० जना सदस्य रहेकाछन् ।

संस्थाका अध्यक्ष रुसल श्रेष्ठका अनुसार अब यो महामारि निर्मुल हुने बित्तिकै अव्यवस्थित जनावरको लागि एउटा सेल्टर तयार गरि संरक्षण दिने साथै सडकमा अव्यवस्थित भएको जनावरले पनि नयाँ जीवन पाउँने कुरामा आफु ढुक्क भएको बताएका छन् ।

पुर्नस्थापना केन्द्रका सञ्चालक भीम राईले बालबालिकाहरुलाई सानै उमेर देखि नै सामाजिक कार्यमा अग्रसर गराएमा उनीहरले समाजको वास्तविक अवस्थालाई नजिकबाट वुझ्ने अवसर पाउने वताए ।यस्ता कार्यले भविष्यमा सामाजिक कार्यमा अग्रसर हुने प्रेरणा मिल्ने उनको भनाई थियो ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic