आत्मा उत्सर्ग संस्थाद्वारा पुर्नस्थापना केन्द्रमा खानाको व्यवस्था

  • असार १०, २०७८
  • ४४० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१० असार ः आत्मा उत्सर्ग संस्थाले धरानको छाता चौकस्थित पुरानो अस्पताल परिसरमा रहेको पुर्नस्थापना केन्द्रमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

एक महिना अघिदेखि सडकमा अव्यवस्थित जनावरलाई खाना खुवाउँदै आएको सो संस्थाले ३१ औँ दिनमा खाना खुवाएको हो ।

संस्थाका अध्यक्ष रुसल श्रेष्ठले युवाहरुको संलग्नता रहेको उक्त संस्थाले वाटर बैंक र फुड बैंकको अवधारणालाई अघि सारेर सामाजिक कार्यको थालनी गरेको जानकारी दिए ।

उनका अनुसार संस्थाले कोरोना महामारिको समयमा सडकमा अव्यवस्थि जनावरलाई खाना खुवाउन थालेको र दैनिक लगभग १ सय ५० को संख्यामा अव्यवस्थित जनावरलाई खाना खुवाउँदै आएको थियो ।

श्रेष्ठले एन्थ्री फाउण्डेशनको पनि सहकार्य रहेको जानकारी दिए ।उनीहरुको संस्थामा १० जना सदस्य रहेकाछन् ।

संस्थाका अध्यक्ष रुसल श्रेष्ठका अनुसार अब यो महामारि निर्मुल हुने बित्तिकै अव्यवस्थित जनावरको लागि एउटा सेल्टर तयार गरि संरक्षण दिने साथै सडकमा अव्यवस्थित भएको जनावरले पनि नयाँ जीवन पाउँने कुरामा आफु ढुक्क भएको बताएका छन् ।

पुर्नस्थापना केन्द्रका सञ्चालक भीम राईले बालबालिकाहरुलाई सानै उमेर देखि नै सामाजिक कार्यमा अग्रसर गराएमा उनीहरले समाजको वास्तविक अवस्थालाई नजिकबाट वुझ्ने अवसर पाउने वताए ।यस्ता कार्यले भविष्यमा सामाजिक कार्यमा अग्रसर हुने प्रेरणा मिल्ने उनको भनाई थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic