ओखलढुंगाका एकल महिलाद्धारा सामाजिक क्रान्ति

  • असार १२, २०७८
  • १,९३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असार ः ओखलढुंगा जिल्लामा एकल महिलाहरुले पुरानो परम्परालाई परिवर्तन गरीदिएकाछन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका–९ का एकल महिलाहरुले परम्परालाई चुनौती दिँदै रातो पहिरन लगाएर परिवर्र्तन गरीदिएका हुन् ।

एकल महिलाले रातो कपडा लगाउनु हुँदैन भन्ने मान्यता तोड्दै यहाँका महिलाहरू रातो पहिरनमा सजिएर भेला भएका हुन्।

एकल महिलाहरुलाई रातो पहिरनसहित सम्मान गर्ने नमुना महिला समूहले आयोजना गरेको कार्यक्रममा ३५ भन्दा बढी एकल महिलाहरुलाई रातो पहिरनले सम्मान गरिएको छ। महिला समूहले रातो पहिरन अनि रातै दोसल्ला पहिराएर यहाँका एकल महलाहरूलाई सम्मान गरेको हो।

एकल महिलाहरुलाई १ हजार ५ सय रूपैयाँ र रातो दोसल्लासहित वडाध्यक्ष दानबहादुर बानियाँले सम्मान गरेका थिए। कार्यक्रम नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत गरिएको वडा सदस्य गुणराज खड्का ९विवेक० ले जानकारी दिए ।

श्रीमान नभएका महिलाहरुले रातो पहिरन लाउनु हुँदैन भन्ने परम्परालाई चुनौती दिँदै आफूहरुले यो कार्यक्रमको आयोजना गरिएको समूहकी अध्यक्ष भीमकुमारी खड्काले बताइन्।

समाज रहेको पुरातन सोचलाई परिवर्तन गर्दै आधुनिक समाजको निर्माणमा पछिल्लो समय महिलाहरु सकृय हुन थालेकाछन् ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic