यसरी मिल्दै छ एमाले विवाद

  • असार १२, २०७८
  • १७,५२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असार ःनेपाल कम्युनिष्ट पार्टि (एमाले) को केही महिना अघि देखि कायम रहेको विवाद सहमति नजिकै पुगेको छ ।

पार्टी स्रोतका अनुसार कुनै ठुलै उथलपुथल नभए केहि दिनमै विवादले एउटा निष्कर्ष पाउने गरी वार्ता अगाडी बढीरहेको छ ।

पार्टीलाइ जेठ २ को अवस्थामा फर्काउन दुवै पक्षका नेताहरू सहमत भएपछि विवाद समाधान हुन लागेको हो ।

केन्द्र देखि वडासम्मका कमिटिहरू २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढाउने विषयमा लगभग टुङ्गोमा पुगेको एक नेताले जानकारी दिए ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको अस्तित्व अन्त्य गरेर एमाले र माओवादीलाइ अलग गरिदिए यता एमालेमा विवाद हुदै आएको छ ।

केहि समय यता पार्टि अध्यक्ष केपि शर्मा ओली विरूद्ध निकै आक्रमक ढंगमा प्रस्तुत भैरहेका एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल केहि दिन यता भने नरम रूपमा प्रस्तुत हुनुले पनि पार्टि एकता नजिक रहेको संकेत गरेको छ ।

पछिल्लो समय नेपाल निकट केहि नेताहरूले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा समेत माग गरिरहेको अवस्थामा नेपाल समुह केहि लचक हुनुलाइ धेरै चासोका रुपमा हेरीएको छ ।

एमाले एकताका निम्ति औपचारिक रूपमा वार्ता हुन नसकेपनि दुवै पक्षका दोश्रो तहका केहि नेताहरू लगातार अनौपचारिक वार्तामा रहेका छन् । दुवै समूहका नेताहरुले कुनैपनि हालतमा पार्टी विभाजन हुन नहुनेमा जोडदिदै आएकाछन् ।

उनीहरुले दुवैपक्षले आ–आफ्नो कमिकमजोरीलाई मिहिन ढंगले केलाएर भएपनि पार्टी एकता गर्नुपर्ने अडान राख्दै आएकाछन् ।

अनौपचारीक वार्तामा ओली समुहका सुभाष नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवालि,विष्णु रिमाल र नेपाल समुहका भिम आचार्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पार्टि एकताका निम्ति अनौपचारिक वार्तामा लगातार सहभागि भैरहेका छन् ।एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि उपचारका लागि दिल्ली जानु अघि एकताकोपक्षमा विज्ञप्ति जारी गरेका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic