सहमतिका लागि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने नेपालको अडान

  • असार १४, २०७८
  • ८,४०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १४ असारः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने अडान लिएकाछन् ।

ओलीले प्रधानमन्त्री पदबाट राजिनामा नदिएसम्म जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि नेपालले नमान्ने अडान लिएका हुन् ।

नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने अडानमा अडिएका छन् ।

यसअघि शनिबार पत्रकारसँगको अन्र्तक्रियामा पनि नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएपनि ब्याक नभएको स्मरण गराएका थिए । उनले अहिलेको विपक्षी गठबन्धनबाट आफू पछि नहट्ने स्पष्ट पारेका थिए ।

नेपालले ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमाले मात्र नभई कम्युनिस्ट एकता नै हुने भन्दै विश्वासपात्रहरुलाई त्यस अनुसार तयार हुन भनिसकेका छन् ।

उनले ओलीको एकपछि अर्को कदमहरुलाई समेत उल्लेख गर्दै उनको पक्षमा गुट परिवर्तन गरेर जानेहरुको हालत सम्झन समेत भनेको बुझिएको छ ।

यसैगरी, आज मदन भण्डारीको ७०औं जन्मयन्तीमा शुभकामना दिदै नेपालले नेकपा एमाले र सिंगो कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिए । यसलाई अर्थपूर्ण मानिएको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic