उवासंघ सुनसरीद्धारा स्वागत र विदाईलाई निरन्तरता संघको गरीमालाई नघटाउन उद्योगी व्यापारीहरुको आग्रह

  • असार १५, २०७८
  • ९,३९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असार ः सुनसरी उद्योग वाणिज्य संघ,धरानले प्रहरी प्रमुखको विदाई र स्वागतको कार्यक्रमलाई निरन्तरता दिएको छ ।

धरानका अन्य सरकारी कार्यालयका प्रमुख आउदा जादा खासै वास्ता नगर्ने सुनसरी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालयका प्रमुख आउदा स्वागत र जादा विदाई गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय धरानमा कार्य अवधि पुरा भएर सरुवा हुन लागेका डिएसपी ज्ञानेन्द्र बस्नेतलाई विदाई गर्दै उनको ठाउमा आएका डिएसपी नरेन्द्र कुवँरलाई संघले आफ्नै कार्यकक्षमा स्वागत गरेको थियो ।

2 1

कार्यक्रममा डिएसपी नरेन्द्र कुँवरले सुनसरी उद्योग वाणिज्य संघको सदैव सहकार्यको अपेक्षा गरेका छन् । कुवँरले आर्थिक गतिविधि हुने वैक,लघुवित्त संस्था र व्यवसायीहरुलाई सुरक्षाका लागि प्रहरी सदैव संवेदनशिल रहने बताएका थिए ।

गिरीधारी सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रम महासचिव राजेश अग्रवालले सञ्चालन गरेका थिए भने प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

यता केही उद्योगी व्यापारीहरुले भने सरुवा भएर जाने र आउने प्रकृया भएकोले उद्योग वाणिज्य संघले आफ्नो गरीमालाई गिराएर यस्ता कार्य गर्न नहुने प्रतिक्रिया दिएकाछन् ।

सुनसरी उद्योग वाणिज्य संघ जिल्लास्तरीय संस्था भएकोले संघको जिल्ला भित्र धेरै सो प्रकृतिको कार्यालय भएकोले एउटा ठाउ विशेषकोमा यस्ता कार्य गरेर संघको गरीमालाई नघटाउन आग्रह गरेकाछन् ।

स्वागत र विदाई जस्ता सामान्य कार्यालय प्रकृयामा नल्मलिनको लागि समेत संघका अध्यक्ष तथा अन्य पदाधिकारीहरुलाई व्यापारीहरुले सुझाव दिएकाछन् ।

उनीहरुले भनेकाछन् –नेतृत्वमा को आउछ को रहन्छ त्यो समय अनुसारको कुरा हो तर संघको गरीमालाई भने कायम राख्नु पर्दछ । त्यो गरीमा कायम राखियो भने भोलीका दिनमा अरु नेतृत्व आउदा पनि त्यो संस्थाको गरीमा माथि रहन्छ ।

सुनसरी जिल्ला भित्रमा इलाका प्रहरी कार्यालय धरान,इलाका प्रहरी कार्यालय इटहरी,
इलाका प्रहरी कार्यालय दुहवी,इलाका प्रहरी कार्यालय महेन्द्रनगर,इलाका प्रहरी कार्यालय पकली गरी ५ वटा इलाका प्रहरी कार्यालय रहेकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic