उवासंघ सुनसरीद्धारा स्वागत र विदाईलाई निरन्तरता संघको गरीमालाई नघटाउन उद्योगी व्यापारीहरुको आग्रह

  • असार १५, २०७८
  • ९,३५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असार ः सुनसरी उद्योग वाणिज्य संघ,धरानले प्रहरी प्रमुखको विदाई र स्वागतको कार्यक्रमलाई निरन्तरता दिएको छ ।

धरानका अन्य सरकारी कार्यालयका प्रमुख आउदा जादा खासै वास्ता नगर्ने सुनसरी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालयका प्रमुख आउदा स्वागत र जादा विदाई गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय धरानमा कार्य अवधि पुरा भएर सरुवा हुन लागेका डिएसपी ज्ञानेन्द्र बस्नेतलाई विदाई गर्दै उनको ठाउमा आएका डिएसपी नरेन्द्र कुवँरलाई संघले आफ्नै कार्यकक्षमा स्वागत गरेको थियो ।

2 1

कार्यक्रममा डिएसपी नरेन्द्र कुँवरले सुनसरी उद्योग वाणिज्य संघको सदैव सहकार्यको अपेक्षा गरेका छन् । कुवँरले आर्थिक गतिविधि हुने वैक,लघुवित्त संस्था र व्यवसायीहरुलाई सुरक्षाका लागि प्रहरी सदैव संवेदनशिल रहने बताएका थिए ।

गिरीधारी सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रम महासचिव राजेश अग्रवालले सञ्चालन गरेका थिए भने प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

यता केही उद्योगी व्यापारीहरुले भने सरुवा भएर जाने र आउने प्रकृया भएकोले उद्योग वाणिज्य संघले आफ्नो गरीमालाई गिराएर यस्ता कार्य गर्न नहुने प्रतिक्रिया दिएकाछन् ।

सुनसरी उद्योग वाणिज्य संघ जिल्लास्तरीय संस्था भएकोले संघको जिल्ला भित्र धेरै सो प्रकृतिको कार्यालय भएकोले एउटा ठाउ विशेषकोमा यस्ता कार्य गरेर संघको गरीमालाई नघटाउन आग्रह गरेकाछन् ।

स्वागत र विदाई जस्ता सामान्य कार्यालय प्रकृयामा नल्मलिनको लागि समेत संघका अध्यक्ष तथा अन्य पदाधिकारीहरुलाई व्यापारीहरुले सुझाव दिएकाछन् ।

उनीहरुले भनेकाछन् –नेतृत्वमा को आउछ को रहन्छ त्यो समय अनुसारको कुरा हो तर संघको गरीमालाई भने कायम राख्नु पर्दछ । त्यो गरीमा कायम राखियो भने भोलीका दिनमा अरु नेतृत्व आउदा पनि त्यो संस्थाको गरीमा माथि रहन्छ ।

सुनसरी जिल्ला भित्रमा इलाका प्रहरी कार्यालय धरान,इलाका प्रहरी कार्यालय इटहरी,
इलाका प्रहरी कार्यालय दुहवी,इलाका प्रहरी कार्यालय महेन्द्रनगर,इलाका प्रहरी कार्यालय पकली गरी ५ वटा इलाका प्रहरी कार्यालय रहेकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic