झलनाथ खनाल र माधव नेपाललाई पनि बैठकको निम्तो

  • असार १७, २०७८
  • २,४९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १७असारः भोली (शुक्रवार) हुने नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ ।

पार्टीले एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बोलाएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव नेपाल समूहका नेतालाई बोलाएका थिएनन् ।
तर शुक्रबारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएकाछन् ।तामाङले सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको र टेलिफोनबाट पनि जानकारी गराउने बताएकाछन् ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै नेता खनाल र नेपालसहित ११ जनालाई गरिएको कारबाही स्वतः निष्प्रभावी बनेको अध्यक्ष ओलीले जानकारी दिएका थिए ।

यसपछि बस्न लागेको बैठकमा सबैलाई बोलाइएको छ । १६ असारको बैठकमा कारबाही गरिएका ११ जना बाहेकलाई बोलाइएको थियो । तर माधव नेपाल समूहका नेताहरुको उक्त बैठकमा उपस्थित भएनन् ।

माधव समूह अनुपस्थित भएपनि अध्यक्ष ओलीले एमालेमा रहेका पूर्वमाओवादी नेता र ३ जेठ २०७५ मा पार्टी एकता हुँदा थप भएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरेका छन् ।

वैठकबाट पार्टी एक भएर जाने आम कार्यकर्ताहरुले विस्वास लिएकाछन् ।

यता दुवैपक्षका कार्यदलहरुले पनि वार्ता गरीरहेकोले भोलीको बैठकले एकताको सन्देश दिने विश्वास समेत नेता कार्यकर्ताहरुले दिएकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic