एकीकृत शहरी विकास आयोजनालाई रकम विनियोजन गरेकोमा जसपाको आपत्ति रकम भुक्तानी गरे कडा आन्दोलन गर्ने चेतावनि

  • साउन १, २०७८
  • १४,५९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउन ः एकीकृत शहरी विकास आयोजनालाई वजेट विनियोजन गरेकोमा जनता समाजवादी पार्टी (जसपा)धरान उपमहानगर समितिले आपत्ति जनाएको छ ।

जसपाका धरान नगर समिति अध्यक्ष ताजुव लिम्वुले विहिवार एक विज्ञप्ति जारी गर्दै रकम विनियोजन गरेकोमा आपत्ती जनाएका हुन् ।

नवौं नगरसभाबाट आ.व. ०७८÷०७९को नीति तथा कार्यक्रमको आर्थिक वजेटमा १ करोड पचास लाख बजेट विनियोजन गरिएकोमा थियो ।jasapa

जसपाले आयोजनाको डिपिआर र डिजाइनभन्दा बाहिर गएर चारकोशे जंगलमा थप २ वटा वेल खनिएको र सोही वेलको बाँकी रहेको रकम भुक्तानी गर्न उक्त बजेट विनियोजन गरिएको दावी गर्दै विरोध जनाएको छ ।

जसपाले डिपिआरमा नभएको योजनाको ठेकेदरलाई भुक्तानी नगर्न पनि माग समेत गरेको छ । आफ्नो मागलाई सुनुवाई नभए जस्तोसुकै कठोर कदम चाल्न पनि बाध्य हुने चेतावनि समेत विज्ञप्तीमा दिइएको छ ।

निर्वाचन आचार संहिता उल्लंघन गर्दै २०७६ मंसिर ८ गते कार्यवाहक मेयर रहदा उपमेयरले कार्यपालिकाको निर्णय विना, नगर परिषदमा छलफल वा पास नगरि बिना टेण्डर २ वटा बेल खन्न अमुक ठेकेदारलाई जिम्मा दिएको आरोप समेत विज्ञप्तिमा लगाईको छ ।

नगरवासीको हितका लागि बन्ने कुनैपनि योजना,नीति तथा कार्यक्रम वैधानिक तवरबाट गरीनुपर्छ भन्ने हाम्रो वुझाई रहेको छ विज्ञप्तिमा भनिएको छ ।

गलत योजनालई धरान नगरपालिकाको गरीमामय नगरसभाले गम्भिर छलफल र बहर्सै नगरी तथास्तुकै तवरले प्रोत्साहन गर्नु खेदजनक रहेको विज्ञप्तिमा लिम्वुले जनाएकाछन् ।

स्वेच्छाचारी तवरबाट हुने वा विगतमा गरीएका र भविष्यमा निरन्तरता पाउने योजनाहरुलाई नगरसभामा गम्भीर छलफल गरी नीतिगत तवरबाट अगाडी वढाउनु अनिवार्य हुने पनि जनाईएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic