भेडेटारमा तरुण डिफेन्स फोर्स गठन

  • साउन ५, २०७८
  • ४,९५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ साउन ःनेकपा एमालेले लडाकु दस्ता युथ फोर्सलाई व्युताएपछि नेपाली कांग्रेसले पनि तरुण डिफेन्स फोर्स गठन गर्न थालेको छ ।

धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको लडाकु दस्ता गठन भएको हो ।

सोमवार भेडेटारमा सम्पन्न भएको तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स सागुरीगढी गठन गरेको पार्टीले जनाएको छ ।

नेपाल तरुण दल धनकुटका अध्यक्ष दिनेश राईले लोकतन्त्र विरोधी र भष्ट«ाचारीहरुको विरुद्ध खवरदारी गर्नका लागि तरुण डिफेन्स फोर्स गठन गरीएको जानकारी दिए ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले तरुण डिफेन्स फोर्सले लोकतन्त्र र संविधानको रक्षाका साथै गाउँ गाउँमा गएर कांग्रेसलाई आगामी निर्वाचनमा विजयी गराउन अभियान संचालन गर्ने वताए ।

तरुण डिफेन्स फोर्सले साँगुरीगढीका १० वटै वडाहरुमा अनियमिता र जनविरोधी क्रियाकलापको भण्डाफोर गर्दै कांग्रेसको पक्षमा यूवा परिचालन गर्ने नव गठित तरुण डिफेन्स फोर्स सागुरीगढीका संयोजक दिपेन सुहाङ्ग लिम्बुको भनाई रहेको छ ।

कार्यक्रममा नेपाल तरुण दल सागुरीगढी गाउपालिका वडा नं. १ का अध्यक्ष विष्णु लिम्बु, वडा नं. २ का अध्यक्ष पूर्ण लिम्बु, वडा नंं ५ का अधयक्ष मिलन लिम्बु, वडा नं. ६ का अध्यक्ष प्रसेश बुढाथोकी, वडा नं. ८ का अध्यक्ष अविलास राई, वडा नं.१० का अध्यक्ष रोहित राई, यूवा नेताहरु निर्देश लिम्बु, देवेन्द्र राई लगायत पनि उपस्थित थिए ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु नेपाल धन राई, पृती वान्तवा, क्षेत्रिय सभापती जितेन्द्र राई, नेपाल तरुण दल धनकुटाका जिल्ला उपाध्यक्ष यूवराज पुराजुली, क्षेत्रिय सचिव प्रकाश राई लगायतको उपस्थिति थियो ।
नेपाल तरुण दल साँगुरीगढीका अध्यक्ष राज लिम्बुको अध्यक्षतमा सम्पन्न भएकोस थियो ।

नेपाली कांग्रेसले यसअघि धनकुटाको पाख्रीबास र धनकुटा नगरपालिकामा तरुण डिफेन्स फोर्स गठन गरिसकेको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic