भेडेटारमा तरुण डिफेन्स फोर्स गठन

  • साउन ५, २०७८
  • ४,९४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ साउन ःनेकपा एमालेले लडाकु दस्ता युथ फोर्सलाई व्युताएपछि नेपाली कांग्रेसले पनि तरुण डिफेन्स फोर्स गठन गर्न थालेको छ ।

धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको लडाकु दस्ता गठन भएको हो ।

सोमवार भेडेटारमा सम्पन्न भएको तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स सागुरीगढी गठन गरेको पार्टीले जनाएको छ ।

नेपाल तरुण दल धनकुटका अध्यक्ष दिनेश राईले लोकतन्त्र विरोधी र भष्ट«ाचारीहरुको विरुद्ध खवरदारी गर्नका लागि तरुण डिफेन्स फोर्स गठन गरीएको जानकारी दिए ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले तरुण डिफेन्स फोर्सले लोकतन्त्र र संविधानको रक्षाका साथै गाउँ गाउँमा गएर कांग्रेसलाई आगामी निर्वाचनमा विजयी गराउन अभियान संचालन गर्ने वताए ।

तरुण डिफेन्स फोर्सले साँगुरीगढीका १० वटै वडाहरुमा अनियमिता र जनविरोधी क्रियाकलापको भण्डाफोर गर्दै कांग्रेसको पक्षमा यूवा परिचालन गर्ने नव गठित तरुण डिफेन्स फोर्स सागुरीगढीका संयोजक दिपेन सुहाङ्ग लिम्बुको भनाई रहेको छ ।

कार्यक्रममा नेपाल तरुण दल सागुरीगढी गाउपालिका वडा नं. १ का अध्यक्ष विष्णु लिम्बु, वडा नं. २ का अध्यक्ष पूर्ण लिम्बु, वडा नंं ५ का अधयक्ष मिलन लिम्बु, वडा नं. ६ का अध्यक्ष प्रसेश बुढाथोकी, वडा नं. ८ का अध्यक्ष अविलास राई, वडा नं.१० का अध्यक्ष रोहित राई, यूवा नेताहरु निर्देश लिम्बु, देवेन्द्र राई लगायत पनि उपस्थित थिए ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु नेपाल धन राई, पृती वान्तवा, क्षेत्रिय सभापती जितेन्द्र राई, नेपाल तरुण दल धनकुटाका जिल्ला उपाध्यक्ष यूवराज पुराजुली, क्षेत्रिय सचिव प्रकाश राई लगायतको उपस्थिति थियो ।
नेपाल तरुण दल साँगुरीगढीका अध्यक्ष राज लिम्बुको अध्यक्षतमा सम्पन्न भएकोस थियो ।

नेपाली कांग्रेसले यसअघि धनकुटाको पाख्रीबास र धनकुटा नगरपालिकामा तरुण डिफेन्स फोर्स गठन गरिसकेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic