कांग्रेस महाधिवेशनमा डिजिटल मतदान गरीने

  • साउन ५, २०७८
  • ५,३१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,५ साउन ः कोरोना महामारीको विचमा आयोजना हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डिजिटल माध्यमबाट मतदान हुने भएको छ ।

सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको हो।

समितिले १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्न बाकी रहेको वताईको छ ।

विभागका संयोजक एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’का लागि प्रविधि तयार गरीसकिएको छ ।

विभाग सचिव दिनेश थापा मगरले कोरोना महामारीका कारण भौतिक उपस्थितिमा महाधिवेशन गर्न नसकिने अवस्था आएमा जिल्लाबाटै मतदान गर्न सक्ने गरी प्रविधि तयारी अवस्थामा राखिएको जानकारी दिएकाछन् ।

सचिव थापाका अनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा हुँदैछ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic