सभामुख भण्डारीद्धारा बकरइदको शुभकामना

  • साउन ६, २०७८
  • २,४११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ साउन ः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलमबीहरुको महान पर्व इद–उल–अजहा (बकरइद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख भण्डारीले बुधवार शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्धायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोतर प्रगतिको शुभकामना व्यत्त गनुभएको हो ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, तथा बहुसाँस्कृतिक विशेषताले सम्पन्न हामी नेपालीहरुका संस्कार, सँस्कृति एवंम् पर्वहरुले हाम्रा यिनै विविधताहरुलाई एक सुत्रमा बाँधेर सामाजिक सहिष्णुता, सद्भाव, राष्ट्रिय एकता तथा नेपालीको साझा पहिचान कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको शुभकामना बक्तव्यमा उल्लेख गरीएको छ ।

हामी नेपालीहरु बिच आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता, शान्ति, सहकार्य र मेलमिलापको वातावरण अभिवृद्धि गर्दै मुलुकको विकास र समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस भन्ने शुभकामनामा व्यक्त गरीएको छ ।

कोरोना महामारीको संक्रमणबाट विश्व आक्रान्त बनिरहेको अवस्था छ । हाम्रो सानो असावधानीले अवस्था झन विकराल बन्न सक्ने तर्फ सचेत रहदै स्वास्थ्य सुरक्षाका संभव उपायहरु अवलम्बन गर्दै पर्वहरु मनाउन आग्रह समेत गर्नुभएको छ ।

आपसमा रिस, द्धेष, वैमनस्यता त्यागेर आपसी सदभाव, भातृत्व तथा सहकार्यको सन्देश दिने उहाले उल्लेख गर्नुभएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic