“पार्टि एकताको लागि अन्तिमसम्म लाग्छु र पार्टी फुटको पक्षमा कुनै हालतमा लाग्दिनँ”–– भीम आचार्य

  • साउन ६, २०७८
  • ६,०४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ साउन ः नेकपा एमालेका सचिव भीम आर्चायले पार्टी एकताको बिकल्प नरहेको बताउनु भएको छ ।

उहाले आफु अन्तिम क्षणसम्म एकताको लागि लागिरहने तर पार्टी कसैले फुटाउन लागे त्यसको पक्षमा नरहने स्पष्ट पार्नभएको छ ।

एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा नेता आचार्यले पार्टीका कुनै नेताहरु पार्टी बिभाजनको पक्षमा लाग्ने कुरा आँफुले कल्पना पनि नगरेको बताउनुभयो । पार्टि फुट्यो भने तपाईँ कता लाग्नुहुन्छ भन्ने प्रश्नमा आचार्यले “ केपीओलि र माधव नेपाल दुवैजना पार्टि एकढिक्का भएर अगाडि जानुपर्छ भन्ने पक्षमै हुनुहुन्छ भन्ने विश्वास मैले लिएको छु ।

यदि वहाँहरु मध्ये कोहि पार्टी फुटाउन लाग्नुहुन्छ भने म त्यसको समर्थन गरेर जनता र कार्यकर्तालाई धोका दिन सक्दिनँ ।”

उहाले संसद जोगिने ग्यारेन्टि पश्चातपनि केहि सांसदहरुले विश्वासको पक्षमा मतदान गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाले आफूहरुको प्रमुख एजेन्डा संसद जोगियोस् र पुरा कार्यकाल चलोस् भन्ने रहेको उल्लेख गर्नुभयो ।

जसपाको दुवै समुहले विश्वासको पक्षमा मत हालेपछि संसद जोगिने ग्यारेन्टि भएको थियो र पार्टि एकढिक्का बनाएर लैजानको लागि भएपनि एमालेका सांसदहरुले विश्वासको मतको पक्षमा मतदान गर्नु उचितकार्य नभएको उहाको भनाई थियो ।

पार्टि एकताको प्रयास अन्तिमसम्म जारी राख्ने वताउदै पार्टी एकताको पक्षमा सतिसाल झै उभिने स्पष्ट पार्नुभयो ।

“कार्यदलले कुनै हिसाबमा काम गर्ने वातावरण नबनेको अवस्थामा मैले यो एकताको अभियान सुरु गरेको हो । हामि केहि साथिहरुको अथक प्रयास पछि दश बुँदेबाट एकताको स्टेप चालिसकिएको छ । हामि अन्तिमसम्म यो प्रयास जारी राख्छौँ” उहाको भनाई थियो ।”

एकताको पक्षमा लागेको भनेर केहि फुटवादिहरुले आफुलाई सामाजिक सञ्जालमा निरन्तर प्रहार गरेतापनि आफु यो अभियानम ाअन्तिमसम्म दृढतापुर्वक लाग्ने स्पष्ट गर्नुभयो ।

फुट्यो भने ठुलै भाग खान पार्ईने भन्ने भ्रम केहिले पालेको भन्दै आचार्यले यस्तो भ्रमबाट मुक्तहुन सुझावदिनुभएको छ ।

आचार्य पछिल्लो केहि समयदेखि नेकपा एमालेको विवाद समाधान र पार्टि एकताको लागि भनेर निरन्तर संवादमा रहनुभएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic