कांग्रेसका नेता पौडेलका परिवार कोरोना संक्रमित

  • साउन ९, २०७८
  • ३,९४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धनकुटा ९ साउनः नेपाली कांग्रेस धनकुटाका नेता विष्णु पौडेल सहित उनको तिन जना सदस्य कोरोना संक्रमित वनेकाछन् ।

पौडेल परिवार अहिले होम आईशोलेसनमा उपचार गराईरहेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

शनिवार पौडेल परिवारको स्वास्थ्य स्थितिको वारेमा नेपाली कांग्रेस धनकुटाले जानकारी लिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिएकाछन् ।

तिन दिन देखी कोरोना संक्रमित भई जिल्ला सदस्य विष्णु पौडेल र उनको पिता र जेष्ठ सुपुत्र होम आईशोलेसनमा उपचारत रहेकाछन् ।

पौडेल परिवारको स्वास्थ्य अवस्था सामान्य रहेको सचिव राईको भनाई रहेको छ ।

नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरु गरी अहिले सम्म १ सय १६ जना कोरोना संक्रमित भएको र अधिकांश कोरोना मुक्त भएको राईको भनाई रहेको छ ।

सचिव राईका अनुसार अहिले ११ जना आईशोलेसन तथा होम आईशोलेसनमा उपचार गराईरहेका र ५ जनाको कोरोना संक्रमणका कारण निधन समेत भएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic