पंखवतिद्धारा राहत कोष हस्तान्तण

  • साउन २१, २०७८
  • १,६०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ साउन ः पंखवति बचत तथा ऋण सहकारी संस्था लि. बराहक्षेत्र–२ ले शेयर सदस्यलाई राहत कोष हस्तान्तरण गरेको छ ।

सहकारीले शेयर सदस्य बीरमाया राईको परिवारलाई मृत्यु पश्चात राहत कोष हस्तान्तरण गरेको हो ।

केही दिन शेयर सदस्य बीरमाया राईको मृत्यु भएको थियो ।

संस्थाले आफ्ना शेयर सदस्यहरुको लागि गत वर्षदेखि मृत्यु राहत कोषको स्थापना गरेको व्यवस्थापक चक्रबहादुर राईले जानकारी दिएकाछन् ।

बीरमाया राईको परिवारलाई राहत कोषबाट सहयोग स्वरुप ४० हजार नगद हस्तान्तरण गरीएको व्यवस्थापक राईले वताएकाछन् ।

कोषलाई आगामी दिनमा पनि निरन्तरता दिदै लगिने संस्थाले जनाएको छ ।

शेयर सदस्यको मृत्यु पश्चात परिवारमा केही मात्रामा भएपनि सहयोग पुगोस भन्ने उदेश्यले कोषको स्थापना गरीएको संस्थाका अध्यक्ष गणेश गिरीको भनाई रहेको छ ।

राहत कोषले शेयर सदस्यको परिवारमा घटना भएको समयमा केही मात्रामा भएपनि राहत र सहयोग मिल्ने संस्थाको विश्वास रहेको गिरीले उल्लेख गरेकाछन् ।

संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic