पार्टी एकिकरणका लागि भीम आचार्यको ८ बुँदे अपिल पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको आरोप

  • साउन २७, २०७८
  • १,७७३ पटक पढिएको
  • छाल खबर
alt

धरान,२७ साउन ः नेकपा एमाले सचिव भीम आचार्यले पार्टी गम्भिर संकटबाट गुज्रिरहेको बताउनु भएको छ ।

बुधबार विहान सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै आचार्यले सो कुरा बताउनु भएको हो ।

उहाँले विभाजनकारी प्रवृत्ति हाबी भएको उल्लेख गर्दै पार्टी एकताका लागि विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा १० बुँदेलाई लागु गर्नुपर्नेमा जोडदिनु भएको छ ।

उहाले टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न पार्टी पङ्क्तिलाई अपिल समेत गर्नुभएको छ ।

आचार्य केही समययता पार्टी एकिकरणको पक्ष निकै गहिरो ढंगले लागिरहुन भएको छ । उहाले दुवै पक्षका कार्यदलका सदस्यहरुलाई भेटेर पार्टीएकिकरणका लागि अघि वढन आग्रह समेत गर्दै आउनु भएको छ ।

उहाले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई प्रत्यक्ष रुपमा भेटेर पार्टी एकिकरणको लागि आग्रह गर्दै आउनु भएको छ ।

के छ आचार्यको ८ बुँदे अपिलमा ?

(१) एकातिर गत फागुन २८ गते बाट सुरु भएको विभाजन कारी प्रवृत्ति हरु कतिपय बोलि, बचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भैरहेका छन्।

(२) अर्कोतिर त्यो प्रवृत्तिको बिरोध मा पार्टी एकता को झण्डा उठाउनु पर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधि हरु विभाजनकै पक्षमा प्रकट भैरहेका हुन कि भन्ने आशंका बढेर गएको छ।

(३) पक्ष २ वटा प्रवृति एउटै विभाजन कारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

(४) दुनियाभरकै प्रतिक्रियावादी शक्ति हरु, देशभित्रका प्रतिगामी सत्ता च्युत तत्वहरु र राम्रो काम गरेर होईन अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरीरहेको छ।

(५) नेकपा एमालेका देश बिदेशमा भयका लाखौं कार्यकर्ता,समर्थक,शुभचिन्तक तथा जनसमुदाय हरु नेपालको वामपन्थी आन्दोलन र नेकपा एमाले को एकता को पक्षका छन् तर उनीहरु पार्टी बचोस् भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भयका छन र विडम्बना उनी हरु नेतृत्व विहिन पनि छन्।

(६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकता को शुभारम्भ गर्दै थप समस्या हरु हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा यसलाई लागु गर्नु पर्दछ।

(७) हाल पार्टी एकता को कुरा गर्ने हरु माथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयास हरु भैरहेका छन्। त्यसबाट एकता पक्षधरहरु हतोत्साहित हुनु हुँदैन।

(९). टुट–फुट र विभाजन कारी प्रवृृत्तिलाई हतोत्साहित गर्दै संगीन घडी मा पुगेको पार्टी एकता को रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश–विदेशमा रहनुभएका सम्पूर्ण न्याय प्रेमी नेपाली दाजुभाई दिदी बहिनी हरु मा हार्दिक अपिल गर्दछु ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic