आगलागी पीडित आइतीमायाको घर निर्माण

  • साउन ३०, २०७८
  • ३,३०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः गत वर्ष आगलागिहबाट पीडित धरान– १४ पिण्डेश्वर मन्दिर जाने वाटोकी आइतीमाया लिम्बूको घर निर्माण सम्पन्न भएको छ ।

गत बर्ष असोज ९ गते भएको आगलागीबाट पीडित आइतीमाया लिम्बूको सहयोगीहरुले घर निर्माण गरीदिएका हुन् ।

निम्न आर्थिक अवस्थाकी आइतीमाया लाई घर निर्माण गरीदिएको निर्माण सदस्य दिपक घिसिङले जानकारी दिएकाछन् ।

चिउरा मिलमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी उनको साथमा १७, १८ बर्षको एक छोरा, बुहारी र नाती छन् ।उनकी बुहारी सफारी चलाउछन् तर गुजारा गर्न हम्मे छ ।

देश विदेशबाट सहयोगी दाताहरुबाट साथ पनि मिल्यो । विगत ३ महिनादेखि घर निर्माण कार्य शुरु भयो ।निर्माण सम्पन्न भएको उक्त घर शनिबार एक कार्यक्रमबीच आइतीमायालाई हस्तान्तरण गरिएको थियो ।घर निर्माण भए पश्चात आइतीमायाले खुशी व्यक्त गरेकीछिन्

अभियन्ता मिङ्मा भोेटेको अध्यक्षता, वडा नं ३ का समाजसेवी सर्वजीत राईको प्रमुख आतिथ्यता, वडा नं ३ की जनप्रतिनिधि उषा सुब्बा लगायतको उपस्थितिमा घर हस्तान्तरण भएको हो ।

घर निर्माण प्रसंशनीय कार्य भएको स्थानीयहरुको भनाई रहेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic