आगलागी पीडित आइतीमायाको घर निर्माण

  • साउन ३०, २०७८
  • ३,३४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः गत वर्ष आगलागिहबाट पीडित धरान– १४ पिण्डेश्वर मन्दिर जाने वाटोकी आइतीमाया लिम्बूको घर निर्माण सम्पन्न भएको छ ।

गत बर्ष असोज ९ गते भएको आगलागीबाट पीडित आइतीमाया लिम्बूको सहयोगीहरुले घर निर्माण गरीदिएका हुन् ।

निम्न आर्थिक अवस्थाकी आइतीमाया लाई घर निर्माण गरीदिएको निर्माण सदस्य दिपक घिसिङले जानकारी दिएकाछन् ।

चिउरा मिलमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी उनको साथमा १७, १८ बर्षको एक छोरा, बुहारी र नाती छन् ।उनकी बुहारी सफारी चलाउछन् तर गुजारा गर्न हम्मे छ ।

देश विदेशबाट सहयोगी दाताहरुबाट साथ पनि मिल्यो । विगत ३ महिनादेखि घर निर्माण कार्य शुरु भयो ।निर्माण सम्पन्न भएको उक्त घर शनिबार एक कार्यक्रमबीच आइतीमायालाई हस्तान्तरण गरिएको थियो ।घर निर्माण भए पश्चात आइतीमायाले खुशी व्यक्त गरेकीछिन्

अभियन्ता मिङ्मा भोेटेको अध्यक्षता, वडा नं ३ का समाजसेवी सर्वजीत राईको प्रमुख आतिथ्यता, वडा नं ३ की जनप्रतिनिधि उषा सुब्बा लगायतको उपस्थितिमा घर हस्तान्तरण भएको हो ।

घर निर्माण प्रसंशनीय कार्य भएको स्थानीयहरुको भनाई रहेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic