लकडाउन फिर्ता लिन कांग्रेस नेता किशोर राईको माग लकडाउन अवैज्ञानिक र अव्यवहारीक छ फिर्ता लिनुपर्छ –व्यवसायी

  • भदौ ३, २०७८
  • २,३१२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२ भाद्रः नेपाली कांग्रेसका जिल्ला सदस्य तथा धरान नगर पूर्व सभापति किशोर राईले धरानको गर्न लागेको लकडाउन तत्काल फिर्ता लिनुपर्ने माग गरेकाछन् ।

उद्योगी व्यापारीहरुले भर्खरै मात्र आर्थिक वर्षको कारोवारको अन्त्य गरेर नयाँ कारोवारको शुरुवात गर्न लागेको र अर्थतन्त्र डामाडोल भईरहेको अवस्थामा लकडाउनले थप असर गर्ने उहाँको भनाई रहेको छ ।

संक्रमितको संख्या वृद्धि भएकै हो भने वडा वडामा तथ्याङ्क संकलन गरेर त्यस्ता वडाहरुमा शिल गर्ने लगायतका कार्यक्रमहरु गरीनु पर्ने उहाँको सुझाव रहेको छ ।

काही कतै कसैलाई कुनै कारणले संक्रमित भएकै कारणले सिंगो धराने जनतालाई नै प्रभाव पार्ने गरी लकडाउन गर्न नहुने उहाको सुझाव रहेको छ ।

नगर अधिवेशनलाई लक्षित गरी लकडाउन गर्न लागेको समेत राईको भनाईं रहेको छ । वन्दले नगर अधिवेशनलाई प्रत्यक्ष प्रभाव पार्ने समेत उहाको वुझाई रहेको छ ।

नेपाली कांग्रेसको नगर अधिवेशन भाद्र १८ गते तय भईसकेको छ तर कांग्रेस सभापति समेत रहेका नगर प्रमुख तिलक राईले भाद्र ४ गतेदेखि भाद्र १३ गतेसम्म पूर्णलक डाउन गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेकाछन् ।

लकडाउन अवैज्ञानिक र अव्यवहकारीक भएकोले नगरवासीको मागलाई ध्यानमा राखेर लकडाउनको निर्णय फिर्ता लिनुपर्ने कांग्रेस नेता राईको माग रहेको छ ।

बन्दले गरीखाने मजदुरहरुलाई प्रत्यक्ष असर पर्ने भन्दै सर्वसाधारणले समेत शान्तिपूर्ण प्रर्दशन समेत गरेका थिए ।

के के भन्छन् व्यवसायीहरु

giridhari sapkota final

गिरीधारी सापकोटा अध्यक्ष ः सुनसरी उद्योग वाणिज्य संघ,धरान लकडाउन समस्याको समाधान होइन । स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जोडदिनु पर्दछ । सचेतता अपनाउनु पर्दछ । दिनप्रतिदिन चाडपर्व आउन लागेको छ । उद्योगी व्यापारीहरुलाई यसले ठूलो असर गर्दछ । वन्दको विकल्प खोज्नुपर्दछ ।

व्वसायी भरत श्रेष्ठ ः धरानमा मात्र लकडाउन गर्नुको कुनै अर्थ छैन ।छिमेकी गाउ नगरहरु खुल्ला रहने अनि धरानमा पूर्ण लकडाउनको परिकल्पना असंभव छ । यस्तो निर्णय तत्काल फिर्ता लिनु पर्दछ ।

सन्तोष कुरुङवाङः शैक्षिक व्यवसायीः लकडाउनले समस्याको समाधान गदैन यो व्यवहारीक र वैज्ञानिक पनि छैन । नगरवासीलाई अनावस्यक समस्या मात्र हो तत्काल फिर्ता पर्छ नत्र नेतृत्वलाई समयले वताईदिनेछ । उनले आफूहरुले नगरप्रमुखलाई निर्णय फिर्ता लिन ध्यानाकर्षण पत्र समेत वुझाएको वताएकाछन् ।

सरकारले मजदुर वर्गलाई राहत नदिने तर १० दिनको लागि पुग्ने गरि खाद्यान्न खरिद गर्नु भनेकोप्रति पनि असन्तुष्टी जनाए ।
प्रर्दशनमा सहभागी केही व्यवसायीहरुले उपमहानगरपालिकाले लकडाउनको निर्णय फिर्ता नलिने हो भने लकडाउन अवधिको घरभाडा मिनाहा गर्न निर्देशन दिन समेत माग गरेका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic