एमालेका नौ नेताको माधव नेपाललाई संयुक्त अपिल

  • भदौ ४, २०७८
  • १,८९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,४ भाद्र ः नेकपा एमालेका प्रभावशाली नौ नेताहरुले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी पार्टी नछाडन अपिल गरेकाछन् ।

उनीहरूले १० बुँदे सहमति अक्षरंश कार्यान्वयन गर्नुपर्ने लगायतको विषय राखेर उनीहरुले अपिल गरेका हुन् ।

अपिल लेख्ने जिम्मा विगतमा पार्टीभित्रको अन्तरद्धन्द्ध अन्त्यका लागि गठन गरिएको विवाद समाधान कार्यदलका सदस्य समेत रहेका एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पाएका थिए ।

press bigpti

उनीहरूले अपिलमा २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने उल्लेख गरिएको सोही अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि बढाउनु पर्नेउल्लेख गरेकाछन् ।

उनीहरुले १४ सांसद माथिको कारबाही फिर्ता हुनुपर्ने र माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रियाबाट पछि हट्नु पर्ने कुरा उल्लेख गरेकाछन् ।

त्यसैगरी एमाले विभाजनका लागि ल्याइएको अध्यादेश खारेज गर्न सरकारलाई अपिल मार्फत आग्रह गरिएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि आवेदन दिएपछि करिव पार्टी विभाजनको अन्तिम तयारीमा रहेको छ । यस अघि नेपाल समूहमा रहेका प्रमुख नेताहरु पार्टी एकताको पक्षमा उभिएका छन् ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic