कोरोना महामारीबाट जनतालाई बचाउने सरकारको पहिलो प्राथमिकता नव नियुक्त मुख्यमन्त्री– आचार्य

  • भदौ १०, २०७८
  • २,४४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० भाद्र ः प्रदेश १ का नव नियुक्त मुख्यमन्त्री भीम आचार्यले कोरोना महामारीबाट जनतालाई जोगाउने प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।

विराटनगरमा मुख्यमन्त्रीको शपथग्रहणपछि बोल्दै आचार्यले सो कुरा बताउनु भएको हो ।

आचार्यले छिटै नै मन्त्रिमण्डल विस्तार गरी सरकारको पूर्णता दिने जानकारी दिनुभयो ।

239741458_616487396201605_4484967321282613304_n

पार्टी एकता जोगाउनका लागि र आगामी दिनमा कुनै समस्या नदेखियोस् भन्नका लागि आफूले चुनौतिकाबीच मुख्यमन्त्रीको जिम्मेवारीवहन गरेको उहाँको भनाइ थियो ।

संविधानमा एक महिनाको अवधिमा बहुमत हासिल गर्नुपर्ने चुनौतिका सन्दर्भमा मुख्यमन्त्री आचार्यले लोकतन्त्र र स्थायित्वको पक्षधर दलसँग छलफल गरि अघि बढ्ने उल्लेख गर्नुभयो ।

प्रदेश सरकारको बहुमतका लागि ४७ जनाको संख्या आफ्नै पार्टीभित्रबाट पुर्‍याउनेमा ढुक्क रहेको बताउनुभयो ।

उहाले जनताको आसा र अपेक्षा बमोजिम सरकारले काम गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

को हुन मुख्यमन्त्री 
२०१६ साल वैशाख १४ गते जन्मिएका भीम आचार्य धनकुटाको साविकको तेलिया गाविसको वडा नम्बर ६ मा जन्मिएका हुन् । अहिले उनी ईनरुवा नगरपालिका(६ सुनसरीमा बस्छन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका आचार्यले विद्यार्थीकालबाटै राजनीति सुरु गरेका हुन् । खासगरी २०३२ सालको विद्यार्थी आन्दोलनबाट उनी विद्यार्थी राजनीतिमा होमिएका हुन् ।

२०३५र३६ को विद्यार्थी आन्दोलनमा उनी व्यापक सक्रिय भए । २०३६ सालमै इन्जिनियरिङ अध्ययन संस्थानको स्ववियू सचिवमा विजयी भएका आचार्य २०३८ सालमा तत्कालीन मालेको युथ लिगको सचिवहुँदै लैनचौरको सरस्वती क्याम्पसको स्ववियू सचिव भए ।

bhim-aacchrya-paddvar_1

२०३९ सालमा उनी अनेरास्ववियूको केन्द्रीय महासचिव भए । २०४१ सालतिर उनी ११ पटक पञ्चायती सत्ताबाट थुनिए । दुई वर्ष जेलजीवन बिताए ।

२०४६ सालमा तत्कालीन मालेले बनाएको ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’को समेत सचिव भएर उनले जिम्मेवारी निर्वाह गरे । बहुदल स्थापनापछि २०४७ देखि २०५५ सम्म एमाले सुनसरीको सचिव भए । त्यतिबेला एमालेको सचिव पद कार्यकारी थियो ।

२०५४ सालमा नेपालगञ्जमा भएको एमाले छैटौँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य चयन भए । २०५७ सालदेखि २०५८ सम्म उनी केन्द्रीय पार्टी कार्यालयको सचिव भए ।

२०५८ देखि २०६५ सालसम्म एमाले कोशी अञ्चल इन्चार्ज भएका उनी संविधानसभा सदस्य हुँदै २०६५ देखि २०६९ सालसम्म एमाले संसदीय दलको प्रमुख सचेतक भए ।

२०७० सालमा गठित सुशील कोइराला क्याबिनेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका आर्य एमालेको नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित भए । हाल उनी प्रदेश १ को इन्चार्ज छन । र, बिहीबारदेखि उनी प्रदेश १ को दोस्रो मुख्यमन्त्री हुन सफल भएका छन् ।

तत्कालीन एमालेका वरिष्ठ नेता झलनाथ खनाल र भीम आचार्यलाई नातेदार पनि भन्ने गरिन्छ । पारिवारिक सम्वन्धका कारणमा विगतमा एमालेका हरेक गुटगत क्रियाकलापमा आचार्यले खनाललाई बलियो साथ दिँदै आए ।

त्यसो त एमालेको पछिल्लो विवादमा आचार्य र खनाल दुवै माधव नेपाल समूहमा थिए । तर, पछिल्लो विकासक्रमसँगै आचार्यसहित एमालेको मध्यमार्गी समूह मुलधारमा मिसियो । उपचारका क्रममा दिल्लीमा रहेका खनालले भने उतैबाट नवगठीत एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

 

 

 

 

 

 

 

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic