आङ्लालाई ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार

  • भदौ १८, २०७८
  • १,२७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ भाद्रः धरानका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार’बाट भैरव आङ्ला पुरस्कृत भएकाछन् ।

नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव समेत रहेका आचार्यको नामा नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आचार्यको सम्मानमा पुरस्कार स्थापना गरएिको थियो ।

आङ्लाई सम्मान पत्र सहित नगद २० हजार रुपैया नगद पुरस्कार प्रदान गरीएको थियो ।

नेपाली कांग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उपमहानगरपालिकाबाट नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपैयाँ प्रदान गरि अक्षयकोष स्थापना गर्नु गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. १ संसदीय दलका नेता एवं कांग्रेस सुनसरीका सभापति राजीव कोइराला, संघीय संसद मिना सुब्बा, प्रदेश एकका प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जीवीत व्यक्तिको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नु अत्यन्तै राम्रो पक्ष रहेको बताए ।

अग्रज पत्रकार आचार्य लामो समयदेखि पूर्वी पोष्ट साप्ताहिक पत्रिका प्रकाशित गर्दै आइरहेका छन् । कांग्रेस धरानका सचिव श्याम पोख्रेल र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ईकबाल अहमदले सम्बोधन गरेका थिए भने कार्यक्रमका सभापति समेत रहेका प्रेस यूनियन धरानका संयोजक मात्रिका प्रसाद नेपालले गरेका थिए ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic