आङ्लालाई ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार

  • भदौ १८, २०७८
  • १,२४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ भाद्रः धरानका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार’बाट भैरव आङ्ला पुरस्कृत भएकाछन् ।

नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव समेत रहेका आचार्यको नामा नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आचार्यको सम्मानमा पुरस्कार स्थापना गरएिको थियो ।

आङ्लाई सम्मान पत्र सहित नगद २० हजार रुपैया नगद पुरस्कार प्रदान गरीएको थियो ।

नेपाली कांग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उपमहानगरपालिकाबाट नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपैयाँ प्रदान गरि अक्षयकोष स्थापना गर्नु गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. १ संसदीय दलका नेता एवं कांग्रेस सुनसरीका सभापति राजीव कोइराला, संघीय संसद मिना सुब्बा, प्रदेश एकका प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जीवीत व्यक्तिको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नु अत्यन्तै राम्रो पक्ष रहेको बताए ।

अग्रज पत्रकार आचार्य लामो समयदेखि पूर्वी पोष्ट साप्ताहिक पत्रिका प्रकाशित गर्दै आइरहेका छन् । कांग्रेस धरानका सचिव श्याम पोख्रेल र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ईकबाल अहमदले सम्बोधन गरेका थिए भने कार्यक्रमका सभापति समेत रहेका प्रेस यूनियन धरानका संयोजक मात्रिका प्रसाद नेपालले गरेका थिए ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic