विश्वासको मत पाउँने मुख्यमन्त्री आचार्यको दावी

  • भदौ १९, २०७८
  • ६,५४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ भाद्रः प्रदेश १ सरकार अल्पमतका रहेको चर्चा विपक्षी दलहरुले गरीरहेको बेला मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफूले विश्वासको मत लिने जिकिर गर्नुभएको छ ।

एमाले विभाजित भएर केही संसद अर्को पार्टीमा गएपनि आफूले विश्वासको मत लिएर छाडने उहाको जिकिर थियो ।

धरानमा–८ स्थित औद्योगिक क्षेत्र भित्र शुरु गरीएको ब्राईट फिड प्रालिको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो शनिवार सो दाबी गर्नुभएको हो ।

सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनै पर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि आफूले विश्वासको मत लिएर छाडने आचार्यको भनाई रहेको थियो ।

मुख्यमन्त्री आचार्यले नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरूसँग छलफल भइरहेको समेत जानकारी दिनुभयो ।

उहाले विकास निर्माणको कामलाई तीव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माणका योजनाहरुलाई तिव्रताका साथ अघि बढाउन आफू लागिपरेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले उत्पादन वृद्धि गर्ने, रोजगारी सृर्जना गर्ने क्षेत्रमा उद्योगहरुको महत्वपुर्ण भुमिका रहने समेत वताउनु भयो ।

करिव १७ करोड लगानीमा डेढ दर्जन बढी व्यक्तिहरु मिलेर ब्राइट फिड प्रालि सञ्चालनमा ल्याएका छन् ।
उद्योगले कुखुरा, वंगुरलगायतलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादन गर्नेछ ।

पशुपंक्षीको आहार विदेश र अन्य प्रदेशबाट आइरहेको अवस्थामा धरानमा उद्योग खुलेर आत्मनिर्भर हुने गरि पहल भएको छ।

प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानहरुलाई असाध्यै समस्या भइरहेको कारण आफुहरुले उद्योग सञ्चालनमा ल्याएको जिकिर गरेकाछन् ।

उनका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरुलगायत २० जनाको समुह मिलेर उद्योग खुलेको हो ।

श्रेष्ठले उद्योगबाट प्रतिदिन २ सय मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता रहेको र बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना बनाएको बताउनु भयो ।

प्रालिमा ५० जनाले प्रत्यक्ष, २ सय जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए । साथै, देशभरका ६ हजार किसानहरु लाभान्वित हुने उनले भनाई रहेको छ ।

सो क्षेत्र धरानको औद्योगिक क्षेत्र भएकोले त्याहा अन्य एक दर्जन भन्दाबढी उद्योगहरु सञ्चालनमा रहेकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic