नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी

  • भदौ २०, २०७८
  • ४,३८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२० भाद्र ः नेकपा एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीले ५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।

स्रोतका अनुसार स्थायी कमिटीमा पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन्।

एकीकृत समाजवादीले एमालेमा रहँदा स्थायी कमिटी सदस्य रहेका नेताहरू सम्मिलित स्थायी कमिटी बनाएको पार्टीले जनाएको छ ।

पार्टीको दैनिक कामकाजको संयोजन गर्ने जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ।

भुसालको संयोजकत्वमा गठित सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन्।

पदिय जिम्मेवारी नतोकेपनि भुसाललाई महासचिवको भूमिकामा रहने गरी जिम्मेवारी तोकिएको पार्टी स्रोतले जनाएको छ ।

त्यस्तै पार्टीले सवै प्रदेशका इन्चार्जको जिम्मेवारी समेत तोकिसकेको छ ।

जस अनुसार प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्ज धर्मनाथ शाह, वागमती प्रदेशको इन्चार्ज केदार न्यौपाने र गण्डकी प्रदेशको इन्चार्ज केशवलाल श्रेष्ठ रहेकाछन् ।

त्यस्तै लुम्बिनी प्रदेशको इन्चार्ज भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला, उपत्यकामा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्ज विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा तोकिएका छन्।

त्यस्तै प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी श्रीप्रसाद शाहले पाएका छन्।

यस्तै खनाल संयोजक रहेको दस्तावेज मस्यौदा कमिटीमा अन्य १२ जना सदस्य छन्। कमिटीमा वेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाक्री, राजेन्द्र राई र गणेश विक छन्।

अव संगठन विस्तारलाई तिव्र रुप दिइने पार्टीले जनाएको छ ।

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic