धरानमा श्याम पोख्रेल पक्षको उम्मेद्वारी घोषणा

  • भदौ २६, २०७८
  • ९,५८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ भाद्र ः नेपाली कांग्रेस धरानको को १४ औं महाधिवेशनका मा नगरको नेतृत्वको लागि श्याम पोख्रेल समूहको उम्मेद्वारी घोषणा गरेको छ ।

धरान उपमहानगर कार्य समितिको निर्वाचनको लागि पोख्रेल समूहले ७ पदको लागि उम्मेदवारी घोषणा गरेको हो ।

पोख्रेल पक्षले शनिबार धरान किचनमा पत्रकार सम्मेलन गर्दै सभापतिमा श्याम पोखरेलसहित ७ जना पदाधिकारीको उम्मेदवारी घोषणा गरेको थियो ।कार्यक्रममा नगर सभापति पदका लागि श्याम पोख्रेलले उम्मेदवारी घोषणा गरेकाछन् ।

नेवि संघबाट राजनीतिक शुरु गरेको पोखरेल गएको १३ औं अधिवेशनबाट कांग्रेस धरानको सचिवमा निवार्चित भएका थिए । उनले यसअघि नै उम्मेदवारी घोषणा गरिसके पनि पार्टीले औपचारिकरुपमा पदाधिकारीसहितको उम्मेदवारी घोषणा गरेको हो ।

दुई जना उपसभापति पदमा वडा नं १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा नं ५ का वडाध्यक्ष सन्तोष लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् ।

दुई सचिव पदमा हिमाल श्रेष्ठ र जितेन्द्र राई उम्मेदवार छन् । श्रेष्ठ तरुण दल धरानको सभापति हुन् । राई नेवि संघबाट विद्यार्थी राजनीति गर्दै अहिले पार्टीको भुगोलको राजनीतिमा छन् । उनी धरान १९ का वासिन्दा हुन ।

त्यसैगरी दुई सहसचिवमा पदमा शिला बज्रचार्य र युनेस राना मगरले उम्मेदवारी घोषणा गरेका छन् । बज्रचार्य महिला अधिकारकर्मी तथा समाजसेवी हुन् ।

सहसचिवका अर्का उम्मेदवार मगर पनि नेवि संघमा रहेर लामो समय विद्यार्थी राजनीति गरेका युवा हुन् ।

सो कार्यक्रममा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ,क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सचिव सुजेन्द्र गोले तामाङ, महासमिति सदस्य पर्वत राई, उमेश थापा लगायतले शुभकामना दिएका थिए । नगर प्रमुख तिलक राईले उम्मेद्वार घोषणा गरेका थिए ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic