धरानमा श्याम पोख्रेल पक्षको उम्मेद्वारी घोषणा

  • भदौ २६, २०७८
  • ९,५४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ भाद्र ः नेपाली कांग्रेस धरानको को १४ औं महाधिवेशनका मा नगरको नेतृत्वको लागि श्याम पोख्रेल समूहको उम्मेद्वारी घोषणा गरेको छ ।

धरान उपमहानगर कार्य समितिको निर्वाचनको लागि पोख्रेल समूहले ७ पदको लागि उम्मेदवारी घोषणा गरेको हो ।

पोख्रेल पक्षले शनिबार धरान किचनमा पत्रकार सम्मेलन गर्दै सभापतिमा श्याम पोखरेलसहित ७ जना पदाधिकारीको उम्मेदवारी घोषणा गरेको थियो ।कार्यक्रममा नगर सभापति पदका लागि श्याम पोख्रेलले उम्मेदवारी घोषणा गरेकाछन् ।

नेवि संघबाट राजनीतिक शुरु गरेको पोखरेल गएको १३ औं अधिवेशनबाट कांग्रेस धरानको सचिवमा निवार्चित भएका थिए । उनले यसअघि नै उम्मेदवारी घोषणा गरिसके पनि पार्टीले औपचारिकरुपमा पदाधिकारीसहितको उम्मेदवारी घोषणा गरेको हो ।

दुई जना उपसभापति पदमा वडा नं १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा नं ५ का वडाध्यक्ष सन्तोष लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् ।

दुई सचिव पदमा हिमाल श्रेष्ठ र जितेन्द्र राई उम्मेदवार छन् । श्रेष्ठ तरुण दल धरानको सभापति हुन् । राई नेवि संघबाट विद्यार्थी राजनीति गर्दै अहिले पार्टीको भुगोलको राजनीतिमा छन् । उनी धरान १९ का वासिन्दा हुन ।

त्यसैगरी दुई सहसचिवमा पदमा शिला बज्रचार्य र युनेस राना मगरले उम्मेदवारी घोषणा गरेका छन् । बज्रचार्य महिला अधिकारकर्मी तथा समाजसेवी हुन् ।

सहसचिवका अर्का उम्मेदवार मगर पनि नेवि संघमा रहेर लामो समय विद्यार्थी राजनीति गरेका युवा हुन् ।

सो कार्यक्रममा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ,क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सचिव सुजेन्द्र गोले तामाङ, महासमिति सदस्य पर्वत राई, उमेश थापा लगायतले शुभकामना दिएका थिए । नगर प्रमुख तिलक राईले उम्मेद्वार घोषणा गरेका थिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic