एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई

  • भदौ २८, २०७८
  • १,०४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ भाद्रः निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरे लगत्तै नेकपा (एकीकृत समाजवादी )ले प्रदेश नं १ संसदीय दलको नेता चयन गरेको छ ।

सोमबार बसेको संसीय दलको बैठकले पार्टीका नेता एवं सांसद राजेन्द्र राईलाई दलको नेतामा चयन गरेको पार्टीले जनाएको छ ।

संसदीय दलको नेता चयन गरेपनि दलको उपनेता, मुख्य सचेतक र सचेतक भने अर्को बैठकबाट चयन गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।

वर्तमान भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको सांसद उपेन्द्र घिमिरेले जानकारी दिएकाछन् ।

घिमिरेका अनुसार त्यसबारेमा प्रदेशसभा सचिवालयलाई सोमबार नै जानकारी दिइएको छ ।

विगतमा प्रदेश नं १ मा एमाले एक्लैको ५१ जना सांसद हुँदा बहुमतको एकल सरकार गठन भएको थियो । तर १० सांसदले समाजवादी गएपछि अब एमालेसँग ४१ जना मात्र सांसद कायम रहेकाछन् । सरकारलाई बहुमत पाउन ४७ जना सांसदको साथ आवश्यक पर्छ ।

समाजबादीले १० जना संसद आफ्नो पक्षमा पु¥याएपछि वर्तमान सरकार अल्पमतमा परेको छ । तर मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत दिने दावी गर्दै आएकाछन् ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic