किशोर समूहबाट सहसचिवमा कमला रुचालको उम्मेदवारी घोषणा

  • भदौ २९, २०७८
  • ५,४६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भाद्र ः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धरान उपमहानगर समितिको आसन्न निर्वाचनमा सहसचिव पदमा कमला रुचालले आफ्नो उम्मेद्वारी घोषणा गरेकीछिन् ।

रुचालले धरानमा रहेका दलित नेता कार्यकर्ताहरुको उपस्थितिमा किशोरा राई समूहबाट सहसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकीहुन् ।

सवै जात, धर्म, लिङ्ग, महिला, जनजाति, दलितहरुको सामूहिक समावेशी चरीत्रको उम्मेद्वारहरुले मात्र संविधानको मुलभूत अन्तर विषय वस्तुलाई समेत अंगिकार गर्न सफल भएको उनको भनाई छ ।

नेपाल दलित संघ, धरान नगर समितिको आयोजना, जिल्ला तथा केन्द्रको समेत प्रतिनिधिहरुको उपस्थितिमा २० वटै वडाका नव निर्वाचित दलित क्षेत्रीय प्रतिनिधीहरुको भेलाले सह–सचिव पदमा कमला रुचाललाई अघि सारेको थियो ।

भेलामा नेपाल दलित संघ धरान उपमहानगर अध्यक्ष गणेश परियार, जिल्ला सचिव विजय अछामि, केन्द्रीय सदस्य गोविन्द दर्नाल, नेपाल महिला संघ केन्दीय विभाग सचिव लक्ष्मी खतिवडा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिमा किशोर राई समुहको नेतृत्वलाई विजयी गराउन अभियान चलाउने निर्णय समेत गरिएको भेलामा सहभागी गणेश परियारले बताए ।

यस अघि नै किशोर राईको प्यानलबाट सचिवमा रुक्मिणा गौतम (कोपिला) ले आफ्नो उम्मेदवारी घोषणा गरिसकेकीछिन् ।

यता श्याम पोखरेल समूहको पुरै प्यानल नै उम्मेदवारी घोषणा भइसकेको छ ।

किशोर राई समूहको प्यानल घोषणा केही दिन भित्र गर्ने तयारी भईरहेको सचिवालय सदस्य सुदिप उप्रेतिले जानकारी दिएकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic