किशोर समूहबाट सहसचिवमा कमला रुचालको उम्मेदवारी घोषणा

  • भदौ २९, २०७८
  • ५,४९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भाद्र ः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धरान उपमहानगर समितिको आसन्न निर्वाचनमा सहसचिव पदमा कमला रुचालले आफ्नो उम्मेद्वारी घोषणा गरेकीछिन् ।

रुचालले धरानमा रहेका दलित नेता कार्यकर्ताहरुको उपस्थितिमा किशोरा राई समूहबाट सहसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकीहुन् ।

सवै जात, धर्म, लिङ्ग, महिला, जनजाति, दलितहरुको सामूहिक समावेशी चरीत्रको उम्मेद्वारहरुले मात्र संविधानको मुलभूत अन्तर विषय वस्तुलाई समेत अंगिकार गर्न सफल भएको उनको भनाई छ ।

नेपाल दलित संघ, धरान नगर समितिको आयोजना, जिल्ला तथा केन्द्रको समेत प्रतिनिधिहरुको उपस्थितिमा २० वटै वडाका नव निर्वाचित दलित क्षेत्रीय प्रतिनिधीहरुको भेलाले सह–सचिव पदमा कमला रुचाललाई अघि सारेको थियो ।

भेलामा नेपाल दलित संघ धरान उपमहानगर अध्यक्ष गणेश परियार, जिल्ला सचिव विजय अछामि, केन्द्रीय सदस्य गोविन्द दर्नाल, नेपाल महिला संघ केन्दीय विभाग सचिव लक्ष्मी खतिवडा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिमा किशोर राई समुहको नेतृत्वलाई विजयी गराउन अभियान चलाउने निर्णय समेत गरिएको भेलामा सहभागी गणेश परियारले बताए ।

यस अघि नै किशोर राईको प्यानलबाट सचिवमा रुक्मिणा गौतम (कोपिला) ले आफ्नो उम्मेदवारी घोषणा गरिसकेकीछिन् ।

यता श्याम पोखरेल समूहको पुरै प्यानल नै उम्मेदवारी घोषणा भइसकेको छ ।

किशोर राई समूहको प्यानल घोषणा केही दिन भित्र गर्ने तयारी भईरहेको सचिवालय सदस्य सुदिप उप्रेतिले जानकारी दिएकाछन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic