धरानमा किशोर राई समूहको प्यानल घोषणा,अजय राईको पनि समर्थन १७ वुदे प्रतिबद्धता सार्वजनिक

  • असोज २, २०७८
  • ७,९४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ असोज ः नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा धरान उपमहानगर समितिको नेतृत्वको लागि संस्थापनले आफ्नो समूहको उमेद्वारी घोषणा गरेको छ

संस्थापन पक्षले किशोर राईको नेतृत्वमा प्यानाल उम्मेदवारी घोषणा गरेको हो ।

66

धरानमा एक कार्यक्रम आयोजना गरि संस्थापन पक्षको सभापति पदमा किशोर राई सहित पदाधिकारीहरुको उमेद्वारी घोषणा गरेको थियो ।

त्यसैगरी दुई उपसभापति पदमा राजकुमार थोप्रा र महेन्द्र तामाङले उम्मेदवारी दिएका छन् तामाङ यस अघिको समितिका सभापति हुन भने थोप्रा युवा नेता हुन् ।त्यस्तै सचिवद्धयमा रुक्मणि गौतम (कोपिला) र सुमन श्रेष्ठ रहेकाछन् ।

यता सहसचिव दुई पदमा गोपाल कार्की र कमला रुचालले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

उमेद्वारी घोषणा सभामा बोल्दै राईले आफ्नो नेतृत्वले आगामी स्थानीय तह चुनावमा धरानमा पार्टीलाई शतप्रतिशत नतिजा ल्याउने जिकिर गर्दै निर्वाचित गराउन नसके त्यही दिनबाट पदबाट राजिनामा दिने पनि ठोकुवा गरे।

कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मीन बिश्वकर्मा,पुराना राजनीतिज्ञ विनोद राई र पूर्व प्रदेश प्रमुख गोविन्द सुव्वा लगायतले विजयीको शुभकामना दिएका थिए ।

कार्यक्रममा सभापति पदका आकांक्षी अजय राईले वीपी कोइरालाको विचारलाई आत्मसात गर्दै पार्टीलाई वलियो बनाउनका लागि आफुले किशोर राई र उनको टिमलाई समर्थन गरेको घोषणा गरेका थिए ।

के छ किशोर राईको प्रतिवद्धतामा ?

१. धराने जनतामाझ नेपाली कांग्रेस पार्टी प्रतिको विश्वास र भरोसालाई बढाउँदै उन्नत र उदार लोकतान्त्रिक चरित्रले पार्टीका गतिविधि सञ्चालन गर्ने ।

२. नेपाली कांग्रेस नगर समितिको आवस्यकता अनुसारको बृहत कार्यालय निर्माण गर्ने साथै २० वटै वडा कार्यालय व्यवस्थित र स्थायी रुपमा संचालन गर्ने र वडा कार्यालयहरुको आफ्नै भवन निर्माण गर्ने अभियान शुरु गर्ने (एक कार्यकालमा) ।

३. पार्टीका हरेक आर्थिक क्रियाकलाप चलायमानका साथसाथै पारदर्शी बनाउन राज्यको नीति अनुरुपको अर्धवार्षिक एवम् वार्षिक लेखा परीक्षण रिपोर्ट तयार गरी सार्वजनिक गर्ने ।

४. पार्टीको प्रत्येक अधिवेशनमा वृहत छलफल गरी नीति तथा कार्यक्रम तर्जुमा, सांगठानिक प्रतिवेदन, अन्तरपार्टी शुभकामना आदानप्रदान, सार्वजनिक लेखा परीक्षण प्रस्तुतिकरणका साथै अन्य कार्यक्रमहरु तीन दिवसीय रुपमा गर्ने प्रचलन शुरुवात गर्ने ।
५. नगर एवम् वडामा ६ महिनामा विशेष सम्मेलन गर्ने, वार्षिक साधारण सभा गर्ने र आन्तरिक नीति तथा कार्यक्रमलाई सम्मेलनबाट औपचारिक बैधानिकता दिने लोकतान्त्रिक पद्धतिको विकास गर्ने ।

६. प्रत्येक महिनामा राजनैतिक, सामाजिक, सीपमुखी, रोजगारीमुखी र व्यवसायिक तथा अन्य तालिमको लागि विभिन्न कार्यशाला गोष्ठी, प्रशिक्षण, अन्तरक्रिया, सेमिनार इत्यादि संचालन गरी दक्ष कार्यकर्ता, जनशक्ति एवम् कुशल नेतृत्व निर्माण गर्ने ।

७. आपत, विपत तथा दैवी प्रकोपबाट पीडित नेपाली कांग्रेसमा आवद्ध एवम् आम धरानबासीहरुको तत्काल सहयोगको लागि नगर समिति र प्रत्येक वडा समितिहरुमा “दिगो कल्याणकारी कोष” स्थापना गरी संचालन गर्ने ।

८. पार्टीका विभिन्न तह र तप्कामा रहनुभएका जिम्मेवार व्यक्तिहरुको र क्रियाशील सदस्यहरुको राजनैतिक कार्य विवरण अनिवार्यरुपमा अभिलेखीकरण गरिने र यस अभिलेखको विवरणलाई मुख्य आधार मानी कसैलाई सिफारिस, नियुक्ति र निर्णय गर्न गराउनको लागि मूल्याङ्कन तथा सिफारिस समिति अनिवार्य रुपमा निर्माण गर्ने ।

९. पार्टीको मेरुदण्डको रुपमा रहेका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई चुस्त दुरुस्त बनाउन अभिभावकको भूमिका निर्वाह गर्दै सो संस्थाहरुलाई मजबुत र क्रियाशील बनाउन भातृ तथा शुभेच्छुक समन्वय समिति अनिवार्य रुपमा गठन गर्ने ।

१०. नेपाली कांग्रेसका तहगत नेतृत्वमा रहेका र नेपाली कांग्रेसमा आवद्ध सम्पूर्ण क्रियाशील सदस्यहरुलाई अनुशासित, मर्यादित, उत्तरदायी र प्रशिक्षित बनाउनका साथै पार्टीलाई शुद्धिकरण र रुपान्तरणतर्फ लैजान आन्तरिक अनुशासन समिति बनाउने ।

११. नेपाली कांग्रेसमा आवद्ध हुनु भएका सम्पूर्ण पेशा तथा व्यवसायीहरुको पहिचान गरी उहाँहरुको व्यवसायलाई प्रवद्र्धन, सम्बद्र्धन र संरक्षण गर्न रणनीतिक तरिकाले वातावरण निर्माण गरी सहयोग गर्ने ।

१२. आगामी हुन लागेका तीन तहको निर्वाचनमा नेपाली कांग्रेसका सम्पूर्ण उम्मेदवारहरुलाई सतप्रतिशत विजयी गराउन सिंगो संगठनलाई एकताबद्ध बनाई ठोस रणनीतिक योजना तथा कार्यक्रमहरु तयार गरी अगाडि बढ्ने ।

१३. धरानको समग्र विकास र दैनिक जीवनसँग जोडिएका मुख्य योजना र मुद्दाहरु जस्तै खानेपानी, बसपार्क, एयरपोर्ट, सर्दु सेउती कोरिडोर, वी.पी.को.स्वा.वि.प्रतिष्ठान, अव्यवस्थित बसोबास (सुकुम्बासी), वृहत्तर विजयपुर र विष्णुपादुका युवा तथा रोजगार कार्यक्रम, कृषि तथा उब्जनी प्रवद्र्धन, कोशी राजमार्ग वाइपास, प्रदेश नं. १ को नामाकरण लगायत अन्य शिक्षा, खेलकुद तथा पर्यटनसँग जोडिएका सबै विषयहरुमा देखा परेका समस्याहरुको दिगो हल दिने किसिमका रणनीति तथा अन्य भूमिका निर्वाह गर्दै योजना तथा कार्यक्रम बनाउने । साथै बराह नगरपालिकासँग समन्वय गरी दुवै नगरपालिकाको सहमतिमा धरानलाई महानगरपालिकाको रुपमा स्तरउन्नति गर्ने ।

१४. धरानको विकास निर्माणमा अतुलनीय योगदान पु¥याउनु हुने शिक्षक÷प्राध्यापक, भूपू सैनिक, थिङ्क ट्याङ्क, मजदुर, उद्योग वाणिज्य संघ, सहकारी संस्थान, शैक्षिक संस्थाहरु, सरकारी तथा गैरसरकारी संस्थासँग आवद्ध विकास प्रति प्रतिबद्ध व्यक्तिहरुसँग निरन्तर सहकार्य, समन्वय गरी अघि बढ्ने ।

१५. नेपाली कांग्रेसको स्थापना दिवसको दिनमा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत राजनैतिक र वैचारीक विमर्सका साथै विभिन्न क्षेत्रमा योगदान गर्नुभएका व्यक्तित्व तथा संघ संस्थाहरुलाई अभिनन्दन तथा सम्मान कार्यक्रमहरु गरीनेछ ।

१६. नेपाली राजनीतिमा देखिएको व्यापक भ्रष्टाचार, अराजकता र अनियमितताले जनताको विश्वास गुमिरहेको अवस्थामा आम नागरिकको भावनालाई आत्मसात गर्दै राजनैतिक नेतृत्व वर्गले स्पष्टरुपमा आफ्नो छविलाई स्वच्छ र पारदर्शी बनाउन आर्थिक पक्ष जस्तो संवेदनशील विषयलाई सार्वजनिक गर्न आवश्यक भएकोले नगर समितिमा रहेका सबैले आ–आफ्नो सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियम लागू गर्ने प्रतिबद्धता समेत जनाएकाछन् ।

 

गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्

छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले ...

पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

छाल खवर धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी ए ...

माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालम

छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंस ...

एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्य

छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फ ...

डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

छाल खवर धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनर ...

बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि प

छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic