संविधान दिवसमा सभामुखद्धारा शुभकामना सन्देश

  • असोज ३, २०७८
  • ४,९४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोज ः प्रदेश न १ का सभामुख प्रदिप कुमार भण्डारीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख भण्डारीले आइतवार सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

निर्वाचित जनप्रतिनिधीबाट संविधान निर्माण गर्ने करिव सात दशक लामो जनआकांक्षा २०७२ साल आश्विन ३ गते पुरा भएको छ सन्देशमा भनिएको छ ।

संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूल्य र मान्यतामा आधारित नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गरीएको छ ।

यस अवसरमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको नेपाली जनताको आकांक्षा पूरा गर्न राष्ट्रहित, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र अग्रगामी परिवर्तनका निमित्त विभिन्न कालखण्डमा भएका आन्दोलन, संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुलाई स्मरण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण समेत गर्नुभएको छ ।

subhakamana

नेपाली जनताको लामो संघर्ष र बलिदानद्धारा प्राप्त संविधानले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरुलाई संस्थागत गर्दैे सबै वर्ग, जाति, क्षेत्र, भाषा, धर्म र लिंगका आधारमा समाजमा विद्यमान विभेद र असमानतालाई अन्त्य गरी हाम्रो समाज बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता तथा भौगोलिक विविधतायुक्त समाज हो भन्ने मान्यतालाई स्थापित गरेको छ ।

ऐतिहासिक उपलब्धिका रुपमा प्रात संविधानले व्यवस्था गरेका संयन्त्र र पद्दतिको गतिशिल एवंम् पूर्ण कार्यान्वयन बाट मात्र आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महत्वपूर्ण दायित्व हाम्रो काँधमा आएको छ ।

विधान जारी भएको सातौं बर्ष प्रवेश गरिरहेको यस अवसरमा पूर्ण कार्यान्वयन मार्फत संघिय लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा जगेर्ना, राष्ट्रिय हित, एकता र सामाजिक आर्थिक विकासलाई गति दिदै समृद्ध राष्ट्र निर्माण गर्ने महत्वपूर्ण अभिभारालाई पुरा गर्न संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात गर्दै सबै जनप्रतिनिधीमूलक संस्था, राजनितिक दल, राज्यका सबै अंग र आमनागरिकहरुलाई संवैधानिक मूल्य एवंम् मान्यताहरु कार्यान्वयन गर्न पूर्णत सजग, सकारात्मक र क्रियाशिल हुन प्रेरणा प्राप्त होस कामना गर्दछु ।

अन्त्यमा, संविधान दिवसको अवसरमा समृद्ध राष्ट्र निर्माणको आकांक्षालाई साकार पार्न आ–आफ्नो क्षेत्रबाट पु¥याउदै आउनु भएको योगदान निरन्तरता दिनु हुन सबै प्रदेशवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आव्हान गर्दै संविधानको कार्यान्वयनमार्फत मुलुकको समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवंम् आपसी सद्भाव कायम हुन सकोस हार्दिक शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गरीएको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic