किशोर राईको प्यानल वडा वडामा क्षेत्रीय प्रतिनिधिसँग भेटघाटमा ब्यस्त नगरमा किशोर राईको आवस्यकता रहेको प्रतिनिधिहरुको भनाई

  • असोज ३, २०७८
  • ३,६०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोजः नेपाली कांग्रेस धरानको नगर निर्वाचन नजिकिदै गर्दा दुवै किशोर राई नेतृत्वको समूह वडा वडामा क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट र परामर्शमा व्यस्त रहेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस धरानको नेतृत्वको लागि सभापतिमा उम्मेदवारी दिएका किशोर राई र उनको प्यानल वडा वडामा भेटघाटमा ब्यस्त रहेको हो ।

। असोज ९ गते हुन गईरहेको नगरको निर्वाचनका लागि किशोर राईले संस्थापन पक्षको तर्फबाट उमेद्वारी घोषणा गरेकाछन् ।

धरानका २० वटै वडाबाट निवार्चित क्षेत्रीय प्रतिनिधिहरु र वडाका नेता, कार्यकर्ताहरुसँगको भेटघाट तथा परामर्शलाई किशोर राईको प्यानलले व्यापकता दिएको छ ।

अधिवेशनले आगामी ५ वर्षको लागि नेपाली कांग्रेस धरानको नेतृत्व चयन गर्नेछ ।

सभापतिका उम्मेदवार राईले पार्टी र विभिन्न जनवर्गिय संगठनलाई मजबुत बनाउदै आगामी तीन तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई फराकिलो अन्तरले विजयी गराउनका लागि आफ्नो नेतृत्वको टीमलाई विजयी गराउन पनि उनले आग्रह गरेकाछन् ।

आफ्नो टिमको उदेश्य आफ्नै नेताको चरीत्र हत्या गर्ने र पार्टी कमजोर वनाउने नभई सवैलाई एकढिक्का वनाएर लैजाने सामुहिक उदेश्य समेत स्पष्ट पारेकाछन् ।

राईले आफ्नो टीमले धरानको कांग्रेसको शिरलाई उच्च बनाउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै पार्टी कार्यकर्ताहरुको जस्तो सुकै समस्यापनि सतिसाल वनेर उभिने समेत ठोकुवा गरेकाछन् । उनले सक्षम नेतृत्व आए मात्र कर्ताकर्ताहरुले पार्टी बलियो भएको र अरुसंग प्रतिष्पर्धा गर्ने क्षमता र साहस गर्ने समेत उल्लेख गरेकाछन् ।

दक्ष,सक्षम र क्षमतावान नेतृत्व चयन गर्न समेत उनको समूहले २० वटै वडाका बुथ सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

किशोर राईको समूहबाट उपसभापतिद्धयमा राजकुमार थोप्रा, र महेन्द्र तामाङले उमेद्वारी दिएकाछन् भने सचिवद्धयमा रुक्मिणी गौतम (कोपिला) र सुमन श्रेष्ठ छन् ।

त्यस्तै सहसचिवद्धयमा गोपाल कार्की र कमला रुचाल रहेका छन् ।

यता श्याम पोख्रेल समूहले पनि वडा वडामा क्षेत्रीय प्रतिनिधिहरुलाई भेटघाटको क्रमलाई तिव्रता पारेको जनाएको छ ।

निर्वाचनमा दुवै पक्षले विजय आफ्नो पक्षमा रहेको दावी गर्दै आएकाछन् । राई शेरबहादुर समूहका उम्मेदवार हुन भने पोख्रेल पौडल पक्षका उमेदवार हुन् ।

 

 

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic