प्रदेश १ र बागमतीमा एसको नेतृत्वमा सरकार वन्ने माधव नेपालको दावी

  • असोज ४, २०७८
  • ३,७३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोज ःनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेकाछन् ।

पेसागत महासंघ नेपालको सोमवार राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो दावी गरेका हुन् ।

नेपालले २ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको संगठन मजवुत वनेको दावी समेत गरेकाछन् ।

बजारमा फैलाए जस्तो आफ्नो पार्टी कमजोर नभएको जिकिर गर्दै पार्टी कसैको पार्टीभन्दा कम नभएकाले कार्यकर्तालाई नआत्तिन आग्रह समेत गरेकाछन् ।

एक र तीन नम्बर प्रदेश (बागमती)मा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको जानकारी दिदै स्वागत गर्नका तयार रहन आग्रह समेत गरेकाछन् ।

एमाले अध्यक्ष केपी ओलीको भनाइप्रति लक्षित गर्दै उनले हाइसन्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भन्ने प्रश्न समेत गरेका थिए ।

आफ्नो पार्टीलाई सरकारमा गएको देख्न नसकेर सत्ता बर्हिगमन भएकाहरु आत्तिएको टिप्पणी समेत गरेकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic