एमाले प्रमुख दुश्मन, चुनावसम्मै वाम लोकतान्त्रिक गठबन्धन गरेर जाने माधव नेपालको राजनीतिक प्रतिवेदन

  • असोज ६, २०७८
  • २३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असोज ः पार्टी गठन पछि पहिलो पटक बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पास गरेको छ ।

अध्यक्ष माधव नेपालले तयार पारेको प्रतिवेदनमा नेकपा एमालेलाई प्रमुख दुश्मनको रुपमा हेरीएको छ ।

मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको प्रतिवेदनमा ठम्याएको छ ।

मंगलबार शुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको १३ पेज लामो राजनीतिक प्रतिवेदनमा ओली र एमालेलाई प्रमुख दुश्मन किटान गरिएको छ ।

प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ ।

त्यसैगरी वाम लोकतान्त्रिक समिकरण (सत्ता गठबन्धन) रहेको यसले लोकतन्त्रको रक्षाका लागि सहकार्य गरेको नेपालले बताएका छन् ।

बर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने प्रस्ताव नेपालको छ । अध्यक्ष नेपालले एमाले एकताका लागि भएको १० बुँदे सहमतिलाई प्राविधिक भन्दै त्यसले कुनै समस्या समाधान नगर्ने बुझेरै आफूहरुले विद्रोह गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले अव पार्टी मुलुकभर संगठन अभियानमा रहने र जनतालाई ओलीले गरेका दम्भ र अहंकारको वास्तविकताका कारण उत्पन्न समस्याका वारेमा सचेत गराउन कार्यकर्ताहरुलाई निर्देशन दिएकाछन् ।

Pratiwedan of com.Madhavkumar Nepal

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic