बराहका कल्पनाकारको सम्झनामा रक्तदान

  • असोज ११, २०७८
  • ७,४४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असोज ःबराह ग्रुप अफ कम्पनीका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष स्वर्गीय ईन्द्र कुमार लामिछाने विश्वकर्माको ६४ औं जन्मजयन्तीमामा रक्तदान कार्यक्रमको आयोजना गरीने भएको छ ।

गु्रपले दिएको जानकारी अनुसार असोज १३ गते बुधबारको दिन रक्तदान कार्यक्रमको आयोजना गरीने भएको हो ।

रक्तदान जिवनदान भन्ने मुल नारालाई आत्मसात गर्दै सो कार्यक्रम बराहको नया भवन धरान–८ धनकुटे रोडमा आयोजना गरीने जनाईको छ ।

ब्यवसायिक प्रतिष्ठानले आयोजना गरेको रक्तदानकार्यक्रमहरु मध्ये २०७४ भाद्र ३ गते २३ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १,०५६ पिण्ट संकलन गरेको थियो ।

सो रिपोर्टलाई नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा धरानले ब्यवसायिक प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रमको रेकर्ड अनुसार देश कै दोस्रो रेकर्ड भएको जनाएको थियो ।

धरानलाई रक्तदाताहरुको शहर भनेर चिनाउने अभियान अन्तर्गत २०६७ सालमा ४९ पीण्ट, २०६८ सालमा५९ पीण्ट, २०६९ सालमा२१५ पीण्ट, २०७० मा३१९ पिण्ट,२०७१ मा ५४ पिण्ट, २०७२ मा ७१४ पीण्ट,२०७३ सालमा४६१ पीण्ट,२०७४ सालमा१,०५६ पीण्ट त्यसैगरी २०७५ सालमा७९७ पीण्ट संकलन गर्न सफल भएको थियो ।

धरानलाई रक्तदाताहरुको शहर भनेर चिनाउने अभियानलाई अझ सफलबनाउन बराहगु्रपअफकम्पनीमा रहेका २४ वटा ईकाईबाट हरेक महिना रक्तदान कार्यक्रमको आयोजना गरीने समेत कम्पनीले जनाएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic