बराहका कल्पनाकारको सम्झनामा रक्तदान

  • असोज ११, २०७८
  • ७,३७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असोज ःबराह ग्रुप अफ कम्पनीका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष स्वर्गीय ईन्द्र कुमार लामिछाने विश्वकर्माको ६४ औं जन्मजयन्तीमामा रक्तदान कार्यक्रमको आयोजना गरीने भएको छ ।

गु्रपले दिएको जानकारी अनुसार असोज १३ गते बुधबारको दिन रक्तदान कार्यक्रमको आयोजना गरीने भएको हो ।

रक्तदान जिवनदान भन्ने मुल नारालाई आत्मसात गर्दै सो कार्यक्रम बराहको नया भवन धरान–८ धनकुटे रोडमा आयोजना गरीने जनाईको छ ।

ब्यवसायिक प्रतिष्ठानले आयोजना गरेको रक्तदानकार्यक्रमहरु मध्ये २०७४ भाद्र ३ गते २३ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १,०५६ पिण्ट संकलन गरेको थियो ।

सो रिपोर्टलाई नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा धरानले ब्यवसायिक प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रमको रेकर्ड अनुसार देश कै दोस्रो रेकर्ड भएको जनाएको थियो ।

धरानलाई रक्तदाताहरुको शहर भनेर चिनाउने अभियान अन्तर्गत २०६७ सालमा ४९ पीण्ट, २०६८ सालमा५९ पीण्ट, २०६९ सालमा२१५ पीण्ट, २०७० मा३१९ पिण्ट,२०७१ मा ५४ पिण्ट, २०७२ मा ७१४ पीण्ट,२०७३ सालमा४६१ पीण्ट,२०७४ सालमा१,०५६ पीण्ट त्यसैगरी २०७५ सालमा७९७ पीण्ट संकलन गर्न सफल भएको थियो ।

धरानलाई रक्तदाताहरुको शहर भनेर चिनाउने अभियानलाई अझ सफलबनाउन बराहगु्रपअफकम्पनीमा रहेका २४ वटा ईकाईबाट हरेक महिना रक्तदान कार्यक्रमको आयोजना गरीने समेत कम्पनीले जनाएको छ ।

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic