लिम्वु समुदायलाई उद्यमी व्यवसायी वनाउन याक्थुङ उद्यमी समाज दर्ता

  • असोज ११, २०७८
  • ८,१८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असोज ः याक्थुङ लिम्बू समुदायलाई उद्योग व्यवसाय क्षेत्रमा अभिप्रेरित गर्ने उदेश्यले सुनसरीमा याक्थुङ उद्यमी समाजको स्थापना भएको छ ।

समाजको अध्यक्षमा विपिन इवारम,वरिष्ठ उपाध्यक्षमादेवकुमार सुव्वा,उपाध्यक्षहरुमा डम्वरकुमार तुम्बापो,डा योगेन्द्र पालङ्वा,भारती सुव्वा र नविन सुव्वा रहेकाछन् ।

समाजको सचिवमा शिव सुव्वा इस्वो, कोषाध्यक्षमा कविता लिम्वु र सहसचिवहरुमा शान्तिराम जवेगु(सुमन)जीवनप्रकाश शेर्मा,मोहन विक्रम तिगेला,निर्मला इवारम रहेकाछन् भने सहकोषाध्यक्षमा कल्पना लिम्वु रहेकीछिन् ।

अन्य सदस्यहरुमा भद्रकुमारी लिम्बु,हेमचन्द्र लिम्वु,दिलकुमारी राई (लिम्वु) ज्योति लिम्वु (मेन्याङ्वो)राजिव सुव्वा र पूर्ण बहादुर लिम्वु रहेकाछन् ।

आधुनिक उद्योग तथा व्यापार व्यवसायमा व्यापारिक तथा व्यवसायिक ज्ञान, सीप, कला, पूँजी, प्रोत्साहन र एकताको कमि एवं समुदायमा व्यवसाय मैत्री वातावरण बनाउनको लागि पहल गर्ने अध्यक्ष विपिन इवारमले जानकारी दिनुभयो ।

याक्थुङ लिम्बू समुदायका युवाहरुसंगै श्रम, सीप, ज्ञान र पूँजीसमेत विदेश पलायन भइरहेकोले विदेशमा आर्जन गरेको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई सदुपयोग गर्न लागि पर्ने उहाको भनाई थियो ।

उनका अनुसार उद्योग, व्यापार, व्यवसायमा लगानी गरी आपूm स्वरोजगार हुने र अरुलाईसमेत राजगारी दिनुपर्नेमा विदेशबाट फर्किएका युवाहरु आफैबेरोजगार भइरहेका छन् ।

नेपालमा नै बसेर उद्योग तथा व्यापार व्यवसाय गरिरहेका र विदेशबाट फर्किएर यस क्षेत्रमा केही गर्छु भनेर लाग्न चाहाने युवाहरु व्यवसाय मैत्री वातावरण नभएकोले निराश भइरहेको उहाले जनाउनुभयो ।

याक्थुङ लिम्बू समुदायका उद्यमी, व्यवसायीहरुको हकहित, प्रगति, एकता, संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं विकासको लागि केही काम गर्नैपर्ने आवश्यकता सिर्जना भएको उहाको भनाई रहेको छ ।

कर्मशील, सिर्जनशील एवं उद्यमशील बनाउनको लागि आर्थिक, प्राविधिक एवं व्यवसायिक तालिम तथा शिक्षाको माध्यमद्वारा जनचेतना र एकताको भावना अभिवृद्धि गर्दै स्वदेशमा नै उद्यम व्यवसाय गरी आर्थिक समृद्धि प्राप्त गर्न र अभिप्रेरित गर्नु संस्थाको उदेश्य रहेको पत्रकार सम्मेलानम बरिष्ठ उपाध्यक्ष देवकुमार इजमले बताउनु भयो ।

याक्थुङ उद्यमी समाज गैर राजनीतिक, गैर नाफामुलक, गैर सरकारी र गैर धार्मिक सामाजिक संस्थाको रुपमा दर्ता ऐन, २०३४ बमोजिम २०७८ साल भदौ ३१ गते जिल्ला प्रशासन कार्यालय, सुनसरीमा दर्ता गरिएको उपाध्यक्ष डम्वर कुमार तुम्वापोले बताउनु भयो ।

उहाले प्रदेश १ का ९ जिल्ला र उपत्यकाका ३ जिल्लामा आफ्नो कार्यक्रमहरु संचालन गर्ने जानकारी दिनुभयो ।

के के छन समाजका उदेश्यहरु

१. याक्थुङ लिम्बू उद्यमीहरुको हकहित, प्रगति तथा एकताको लागि काम गर्ने ।

२. याक्थुङ लिम्बू उद्यमीहरुमा व्यवसायिकता, सिर्जशीलता एवं उद्यमशीलताको विकास र जनचेतना अभिवृद्धिको लागि कार्यक्रमहरु गर्ने ।

३. याक्थुङ लिम्बू उद्यमीहरुबीच एकताको भावना अभिवृद्धि गर्दै उद्यमीहरुको संरक्षण, सम्वद्र्धन, प्रर्वद्धन एवं विकास सम्बन्धी कामहरु गर्ने ।

४. याक्थुङ लिम्बू उद्यमीहरुको साझा समस्या र चुनौतिहरुको समाधानको लागि यथोचित अध्ययन अनुसन्धान गर्ने र भैपरी आउदा एकआपसमा सरसहयोग गर्ने ।

५. याक्थुङ लिम्बू समुदायका युवा जनशक्ति, श्रम, सीप र पूँजी विदेश पलायन भइरहेको र विदेशबाट फर्किएका युवाहरुसमेत वेरोजगार भइरहेकोले उनीहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउनको लागि व्यवसायिक, सिर्जनशील तथा उद्यमशील बनाउन कार्यक्रमहरु गर्ने ।

६. याक्थुङ लिम्बू समुदायमा चलनचल्तिमा रहेका परम्परागत ज्ञान, सीप, प्रविधि तथा अनुभवलाई व्ययवसायीकरण गर्नलाई अभिप्ररित गर्ने ।

७. याक्थुङ लिम्बू उद्यमीहरुको हित, संरक्षण, सवद्र्धन, प्रवद्र्धन तथा विकासको लागि अक्षयकोषको स्थापना गर्ने ।

८. याक्थुङ लिम्बू भाषा, साहित्य, संस्कार र संस्कृतिको विकासको लागि आवश्यक सहयोग गर्ने ।

९. याक्थुङ लिम्बू समुदायबाट उद्योग, व्यापार, व्यवसाय एवं भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रमा महत्पूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान, पुरस्कृत एवं अभिनन्दन गर्ने ।

९. याक्थुङ लिम्बू समुदायका गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउने, छात्रवृतिको लागि पहल गर्ने ।

उदेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

 

कुलुङ जातिको दस्तावेज ‘कुलु रिदुम्’ धरानमा

छाल खवरधरान,१८ साउनः जनजातिमा समावेश हुनका लागि संघर्ष गरीरहेको समुदाय कुलु ...

धरान स्र्पोस अवार्ड वितरण

छाल खवर धरान,१८ साउनः धरान खेलकुद मञ्चले धरान अवार्ड २०८२ बाट यस बर्ष कराते ...

सुनाखरी,कार्मेल स्कुल, आइडल र प्याराडाइज सेमिफाइन

छाल खवर धरान,१७ साउनः विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास ...

हिविस्कस निट एण्ड क्लिन उपाधि कक्षा ६ लाई

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले संचालन गर ...

म एमालेमै आबद्ध छु, कसैले मेरो सदस्यता खान सक्दैन

छाल खवर धरान,९ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेक ...

विद्याले एमाले निर्णयको प्रतिवाद गर्ने

छाल खवरकाठमाडौं,९साउनः पार्टी राजनीतिमा सकृय हुन खोजेकी पूर्वराष्ट्रपति विद ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic