परिवार दल सुनसरीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

  • असोज १४, २०७८
  • १७,०८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असो्ज ः नेपाल परिवार दल सुनसरी जिल्लाको तेस्रो जिल्ला अधिवेशन इटहरीमा सम्पन्न भएको छ ।

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनले लक्षण कार्किको अध्यक्षमा सर्बसम्मत जिल्ला कमिटी चयन गरेको हो।

3 1

अधिवेशनले उपाध्यक्षमा सीता देवि ढकाल,सचीवमा असोक कुमार चौधरीलाई चयन गरेको छ ।

कार्यसमिति ११ सदस्यीय सर्वसम्मत चयन गरेको नव निर्वाचित अध्यक्ष काकीले जानकारी दिनुभयो ।

दलका केन्द्रीय अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण शान्ति तथा विकास प्रेमी नागरिकहरु एकजुट भएर अघि बढ्नु पर्नेमा जोडदिनुभयो ।

नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनुपर्ने उल्लेख गर्नुभयो ।

4 1

संबिधान सभाका सभासद समेत रहेका ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने हुँदा सबै नागरिकलाई समयमै निशुल्क खोप प्राकृतिक बिपत्ति पिडितलाई तुरुन्त उचित राहत, नेपालको हित केन्द्रित आर्थिक कुटनीति तथा युवाहरुलाई रोजगारीको ग्यारेन्टी जस्ता बिषयहरुमा सर्बपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आवस्यक रहेको बताउनु भयो ।

देशमा पर्ने आर्थिक भारलाई ध्यान दिँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी आवश्यक रहेको बताउँदै कोभिड–१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिनु भयो ।

5

अध्यक्ष ढकालले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने ठहर नेपाल परिवार दलको रहेको पनि बताउनु भयो ।

कार्यक्रममा शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन नेपालले भूमिका खेल्ने कुरा कार्यक्रमका विशिष्ट अतिथि दलका महामन्त्री तथा प्रदेश संयोजक बिनोद डागिले मन्तव्यको क्रममा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।

6 1

कार्यक्रमका विशेष अतिथी दलका केन्द्रिय सदस्य तथा प्रदेश सचिव राम बहादुर लिम्बुले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै आगामी निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तह देखि संघिय संसद सम्म सुनिश्चित गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

दलका जिल्ला सचीव लक्षमण कार्कीले सन्चालन गर्नु भएको कार्यक्रम जिल्ला अध्यक्ष पुष्कर थापाको अध्यक्षतामा भएको थियो।

7 1

कार्यक्रममा जिल्ला अध्यक्षले जिल्लाको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै नेपालको स्थाइ शान्ति र बिकासको लागि अब नेपाली जनताले परिवार दल र परिवार दलले अंगालेको अग्रपन्थी लोकतन्त्र लाई स्वीकार गर्नुको विकल्प नरहेको जिकिर गर्दै अब एक पटक यो रास्ट्र र जनताको सेवा गर्ने अबसर परिवार दललाई दिन सबैलाई अपिल गर्नु भयो।

8

कार्यक्रममा विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

9

कार्यक्रममा विभिन्न नगरपालिका, गाउँपालिकाका सकृय नेता कार्यकर्ताहरुको बाल्को उपस्थिति रहेको थियो।परिवार दलले पार्टीको आसन्न ऐतिहासिक तेस्रो महाधिवेशन तथा चुनावमा आफ्नो बलियो पहुँच बनाइ आफ्नो जित सुनिश्चित गर्नुको लागि देशभरी आफ्नो संगठन बिस्तार तथा कार्यक्रमलाई तिब्रता दिएको छ ।

2 1

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic