कांग्रेसलाई मजवुत वनाउने मेरो प्रमुख एजेण्डा हो–सभापति उमेद्वार सुव्वा

  • असोज १८, २०७८
  • ५,१८० पटक पढिएको
  • छाल खबर
alt

बामपन्थि राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका गणेश सुव्वा, हाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुनसरी क्षेत्र नं १ निर्वाचन क तर्फको सभापतिका उम्मेद्वार हुनुहुन्छ । धरान १५ निवासी सुव्वा नेपाली कांग्रेसको दुइ कार्यकाल वुथ सभापति निर्वाचित भई आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ । पार्टी प्रति वफादार रही पार्टी हितको निम्ति सदैव सकृय सुव्वा इमान्दार छवी र स्थानीय स्तरमा निकै लोकप्रिय मानिनुहुन्छ । विभिन्न सामाजिक कार्यमा समेत सकृय उनै सुव्वासंग क्षेत्र सभापतिको निर्वाचनका लागि भईरहेको तयारीका विविध विषयमा छाल खवरले गरेको प्रस्तुत छ कुराकानीः

हाल के गर्दै हुनुहुन्छ ?

अहिले अग्रजहरुको सल्लाह सुझाव लिन,साथीभाई भेटघाट, अन्र्तक्रिया छलफल, बहस, परामर्श लगायतका कार्यमा निरन्तर लागिरहेको छु ।

राजनीतिक जीवन कहिलेबाट शुरु गर्नुभयो ?

मैले बाल्यकाल देखि नै राजनीतिक क्षेत्रमा चासो राख्दै आएको थिए । शुरुमा म वामपन्थि राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेको थिए । तर २०४६ सालपछि बामपन्थिको काम गराएपछि असन्तुष्ट भएर म नेपाली कांग्रेस तर्फ प्रभाभित भएको हु । २०४७ सालदेखि म नेपाली कांग्रेसमा निरन्तर सकृय रही इमान्दार भई पार्टीको काम गरीरहेको छु ।

पछिल्लो समय राजनीति त व्यापार भएको छ नी तपाई पनि व्यापारका लागि हो ?

–तपाईले भनेको कुरा सही हो आजभोली कतिपयले तपाईको पेसा के हो भन्दा राजनीति भन्ने पनि गरेकाछन् तर त्यो गलत हो राजनीति भनेको देश र समाज परिवर्तनका लागि गरीने प्रमुख नीति हो । नत यसमा घाटा को कुरा हुन्छ नत नाफाको । समाज परिवर्तन गर्नको लागि गरीने कार्य मुलत सामाजिक कार्य हो । व्यापार होइन । व्यापार गर्ने हो भने त लगानी गर्ने व्यवसय गर्ने हो पैसा कमाउने हो घाटा नाफाको कुरा गर्ने हो । राजनीतिमा व्यापारको कुरा जोडनु विकृति हो । यसले समाजलाई उल्टो बाटोतर्फ धकेल्छ । कसैले पनि राजनीतिलाई पेसा वा व्यवसाय वनाउनु हुदैन ।

तपाईका पार्टीका कार्यकर्ताहरु पनि राजनीतिलाई व्यापार वनाउनेहरु छन नी हैन ?

– मलाई हाम्रो पार्टीका कार्यकर्ताहरु राजनीतिलाई पेसा वा व्यपार वनाएर लागेको मलाई थाहा छैन् । सवैले आ–आफ्नो व्यापार व्यवसाय सञ्चालन गरी वसेकाछन् । राजनीतिबाट परिवार पाल्नेहरु छैनन् ।यदी कसैले त्यसो गर्छ वा भन्छ भने त्यसलाई पार्टीले कार्वाही गर्नुपर्छ ।राजनीतिलाई पेसा बनाउनु मुलुक र समाजका लागि ठूलो चुनौति हो । यसबाट नियन्त्रण गर्नुपर्दछ ।

तपाई सुनसरी क्षेत्र नं १ को क्षेत्र क को सभापतिको उम्मेद्वार हुनुहुन्छ तयारी कस्तो हुदैछ ?

– म अहिले अग्रहहरुसंग सल्लाह सुझाव लिईरहेकोछु । क्षेत्रीय प्रतिनिधि,वुथ सभापतिहरु साथै अग्रह नेतागणहरुसंग भेटघाट र छलफललाई तिव्रता दिदै आएको छु । निर्वाचनमा सवै हिसावले तयारी गइरहेको छु ।

तपाईका एजेण्डा के के छन् ?

मेरो एजेण्डा भनेको पहिलो कुरा त क क्षेत्रमा पार्टीलाई मजवुत वनाउने हो । पार्टीलाई चलायमान वनाउने, वडाहरुलाई सकृय वनाउदै, वुथ सभापतिहरुसंग सहकार्य गर्दै पार्टीको सांगठानिक गतिविधि चलायमान वनाउदै,आगामी निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई भारीमतका साथ विजयी गराउने र चारतारे झण्डा फहराउने मेरो प्रमुख एजेण्डा रहेको छ ।

तपाईले नै जित्ने आधार के के छन् त ?

– २०४७ सालदेखि पार्टीको वफादार सिपाही भएर लामो समय देखिको पार्टीमा गरेको योगदान, लगानी लगायत समयको मुल्याङ्कनको लागि पनि मेरो जित्ने आधार हो भने मैले १५ नं वडामा वुथ सभापति भएर पार्टीमा गरेको योगदान पनि हो । मैले १५ नं वडामा ३ कार्यकाल सभापति भएर काम गरेको अनुभवलाई पनि कार्यान्वयन गर्नको लागि पनि मेरो जित्ने आधार हो ।

यहा त दुइ पक्ष छ नी तपाई कुन पक्षको उम्मेद्वार हो ?

– म सिंगो नेपाली कांग्रेसको पक्षमा उभिने उमेद्वार हो म जहिले पनि पार्टी हितको निम्ति सधैव सकृय भएर काम गर्छु । म पार्टी नै सर्वोपरी हो भन्ने पक्षमा छु । पक्ष समूह भन्ने पक्षमा म छैन् । हिजो पनि सिंगो कांग्रेसको पक्षमा थिए । आजपनि सिंगो संस्थापन पक्षमा उभिएको छु ।

तपाई सभापति जित्छु भन्नुहुन्छ नगरमा तपाईहरुको संस्थापन पक्ष सवै पराजित भयो नी ?

हिजो नगरको निर्वाचनमा पनि संस्थापन पक्ष झिनो मतले पराजित भएको हो । त्यस्तो फराकिलो अन्तर होइन । अर्को कुरा हिजो विभिन्न कारणले पराजित भएको हो । तर क्षेत्रको निर्वाचनमा हिजोको जस्तो अवस्था छैन । मेरो इमान्दार छवि योगदानलाई मुल्याङकन गर्न पनि मलाई क्षेत्रीय प्रतिनिधि र वुथसभापति साथीहरुले मलाई भोट दिनुहुन्छ ।चुनावको परिस्थिति ठाउ विशेषमा पनि फरक हुन्छ ।

यदी तपाई क को सभापतिमा निर्वाचित हुनुभयो भने के के काम गर्नुहुन्छ ?

– म सभापति भएमा पहिलो काम सांगठनिक रुपमा मजवुत वनाउदै पार्टीलाई चलायनमान वनाउनेछु । मेरो क्षेत्र अन्तर्गत रहेको १५ वटा वडालाई नमुना कांग्रेस वडाउने वनाउने छु । जसमा पार्टीले आगामी निर्वाचनमा फराकिलो अन्तरले निर्वाचन जित्नेछ । धरानमा १५ वटा वडा कांग्रेसले जित्नु भनेको इतिहास निर्माण हुनु हो । किनकी यहा लामो समयदेखि बामपन्थिहरुको किल्लाको रुपमा रहदै आएको छ । त्यसलाई तोडनको लागि पनि हाम्रो पार्टीको सांगठनिक गतिविधि चलायमान हुनुको विकल्प छैन् ।पार्टी संगठन बलियो बनाउनको लागि वुथ सभापति र कार्यकर्ताहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । सवै कांग्रेस एकभएर लाग्नुपर्छ ।हामीले सजिलै निर्वाचन जिताउन सक्छौ । जित्न सक्छौ त्यसका लागि हामी सवै एकजुट भएर पार्टी वलियो वनाउन लाग्नु पर्छ । त्यसमा नेतृत्वदायी भूमिका हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

क्षेत्रीय प्रतिनिधि, वुथ सभापति र शुभचिन्तक र शुभेच्छुक साथीहरुलाई मैले पार्टीमा लामो समयदेखि गरेको योगदान र लगानीको सही मुल्याङकन् गर्नको लागि एकपल्ट आफ्नो अमुल्य मतदिई विजयी गराई दिनुहुन अनुरोध गर्दछु ।

 

 

 

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic