सभामुख भण्डारीद्धारा शुभकामना व्यत्त

  • असोज २५, २०७८
  • २,५९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ असोज ः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले नेपालीहरुको महान चाडको अवसरमा शुभकामना दिनुभएको छ ।

सभामुख भण्डारीले सोमवार शुभकामना सन्देश जारी गरी गर्दै पारस्परिक सद्भाव, सहकार्य, भातृत्व, आपसी सम्मान, स्नेहको सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व बडा दशैं २०७८ को शुभ अवसर शुभकामना दिनुभएको हो ।

सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, दिर्घायु एवंम् उत्तरोतर प्रगतिको शुभकामना व्यत्त गर्दछु सन्देशमा भनिएको छ ।

जातिय, भाषिक, धार्मिक विविधतायुक्त विशेषता हाम्रो राष्ट्रको विशिष्ट पहिचान हो ।

विभिन्न जातजाति, भाषाभाषी, समुदायले परम्परा देखि मनाउदै आएका चाड पर्व तथा सँस्कृतिहरुले हामी नेपाली बिचको एकतालाई मजबुत बनाउदै सामाजिक सद्भाव, सहिष्णुता कायम राख्न महत्वपूर्ण योगदान पु¥याउदै आएका छन ।

subhakamana

विश्वव्यापी महामारी कोरोना संक्रमणको प्रभाव क्रमशः न्युन हुँदै गएको देखिए पनि जोखिम कम भएको अवस्था छैन । यस्तो प्रतिकुल परिस्थितीबाट उन्मुक्ती प्राप्त गर्न नागरिकहरुको सचेत पहल र सजगता महत्वपूर्ण हुन्छ ।
खुश, उमंग साथ चाड पर्व मनाई रहँदा स्वास्थ्य सुरक्षाका संभव उपायहरु अबलम्वन गर्न आग्रह समेत उहाले गर्नुभएको छ ।

उहाले रिस, राग, द्धेष त्यागेर सकरात्मक सोच सहित सद्भाव, प्रेम, भातृत्वको सन्देश दिने, असत्य माथी सत्यको विजयोत्सवका रुपमा हामीले परम्परा देखि नै मनाउदै आएको नेपालीको साझा साँस्कृतिक पर्वका रुपमा विकास हुँदै गएको बडा दशैंको पावन अवसरमा समृद्ध राष्ट्र निर्माणको साझा आकांक्षालाई साकार पार्न आपसी एकता र सहकार्यलाई कसिलो बनाउदै अग्रसर हुन प्रेरणा प्राप्त होस शुभकामना व्यत्त गर्दछु ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic