एकीकृत समाजवादीको सुनसरीमा १ सय ७५ सदस्य जिल्ला कमिटी घोषणा

  • असोज २६, २०७८
  • ११,७४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ असोज ः युवालाई समेटदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुनसरी जिल्ला कमिटी गठन भएको छ ।

सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी गठन गरिएको हो । निरौला सुनसरीका स्वच्छ छवी भएका पुराना वामपन्थि नेता हुन् ।samajwadi उनले संगठनलाई चलायमान वनाउदै विभिन्न कारणले समेटन नसकेका वामपन्थि नेता कार्यकर्ताहरुलाई एकिकृत गरी पार्टीलाई अघि वढाउने वताएकाछन् ।

कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी, उपसचिव राजेश भण्डारी रहेका छन।

नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सीनाले सुनसरी जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउपालिकाबाट प्रतिनिधित्व रहने गरि कुल १ सय ७५ सदस्य कमिटीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चीत गरिएको बताए ।

samajwadi = 3

केन्द्रिय सदस्य तिम्सीनाले विगतमा नेकपा एमाले रहदा नेतृत्वलाई देवत्करण गरि आफ्ना आसेपासेलाई मात्र जिम्मेवारी दिने प्रवृतिको अन्त्य गर्दै विद्रोह गरि नेकपा एसमा आवद्ध भएका नेता कार्यकर्ताहरुलाई जिल्ला कमिटीमा समावेशी समानुपातीक सहभागीता सुनिश्चीत गरिएको दावी गरेकाछन् ।

कार्यक्रममा नेकपा एसका उपाध्यक्ष तथा प्रदेश एक इन्चार्ज धनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, केन्द्रीय सदस्य देवराज कार्की, समाजवादी प्रेस संगठनका केन्द्रिय सहसंयोजक विश्वमणी सुवेदी, समाजवादी प्रेस संगठनका राजकुमार कार्की, केन्द्रिय सदस्य आन्नद श्रेष्ठ, शशी कोइराला, पिवी दियाली, नेपाल पत्रकार महासंधका सुनसरी सहसचिव भोला श्रेष्ठ, नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दङवा, दुर्गा बुढाथोकी, ब्रह्मदेव यादव, कुशेश्वर खेरवारलगायतको सहभागीता रहेको थियो ।

नेकपा एसको भेलामा अधिकाशं एमालेमा रहेर स्थानिय निकायमा निर्वाचित भएका पुर्व गाविस अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु, प्रदेश, जिल्ला, गाउँ नगरका पदाधिकारी तथा सदस्य नेता तथा कार्यकर्ताको उल्लेखनिय सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रेस सेन्टरका मुस्ताक आलमले सो संगठन परित्याग गरि समाजवादी प्रेस संगठनमा प्रवेश गरेका छन

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic