दलित वस्तिमा सांसद सुदन किरातीको दसैँ

  • असोज ३०, २०७८
  • ४,३८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० असोज ः नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराती दलित बस्तीमा पुगेर दसैँ मनाएका छन् ।

गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका–१ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’ मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर उनले विजया दशमीको खुसी साटासाट गरे । टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले एकसरो कपडा उपहारस्वरूप दिँदै ढोगभेट गरेका छन् ।

sudan-dashain 2

ओख्रे निवासी मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी, बुधमाया दर्जी र पवित्रा विश्वकर्मालाई नयाँ दौरा सुरुवाल र सारीचोलो पछ्यौरी उपहार दिएर ढोगभेट गर्दै मीठोमसिनो दसैँ मनाए ।

‘दसैँमा आफूले वर्षभरी गरेको कामको ज्याला उठाउन सुँगुरको पुच्छर र एकमाना चामल लिन घरघर आउने र आफूले खाएको भाँडा आफैँ धोएर जाने परम्परा थियो’, किराँतीले भने, ‘आज उहाँहरू वृद्ध हुनुभो मेरा बा(आमा जस्तै देखिने उहाँहरूको घर पुगेँ उहाँहरुसँगै सुख दुस्खका कुराहरु गर्दै दसैँ मनाएँ ।’

किरातीले गणतन्त्र स्थापना भए पनि गणतान्त्रिक संस्कृति निर्माण हुन नसकेकोमा आफू राजनितिककर्मी भएको नाताले आत्मालोचित भएको बताए ।

sudan-dashain_3

दलित समुदाय अझै पनि मानिसको दर्जामा समाजमा स्थापित हुन सकेका छैनन् तर संविधानले भने जातीय विभेद र छुवाछुत प्रथा अन्त्य गरेको छ ।यो प्रगतिशील संविधानलाई रक्षा गर्न र व्यवहारतस् कार्यान्वयन गर्नको निम्ति पुर्खाहरूले जानअञ्जानमा गरेको छुवाछुतजस्तो जघन्य गल्तीप्रति आत्मपश्चाताप गर्दै माफी मागेको छु’, किरातीले भने ।

sudan-dashain_4

आफूले चुनेर पठाएको सांसद घरगाउँमै आएर दसैँ मनाएपछि भावविव्हल हुँदै दलित वृद्धवृद्धाले भने, ‘आफैँले कमाएको विष्टको छोरा आज सांसद भए हामीलाई सम्झेर दसैँ मनाउन आउनुभो हामी खुसी छौँ ।’

sudan-dashain_5
नेपाल प्रेसबाट

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

१३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

छाल खवर धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आ ...

नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइन

छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रन ...

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन

छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार् ...

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic