प्रदेश १ को विद्युत आपूर्ति बन्द

  • कार्तिक ३, २०७८
  • २,३९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ कार्तिक ः सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा हुदा प्रदेश १ को विद्युत अवरुद्ध वनेको छ ।

वर्षादका कारण स्टेशनमा डुवान हुदा प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट विद्युत अवरुद्ध वनेको हो ।

वर्षादका कारण सुनसरी,मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा,तेह्रथुम,संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

सबस्टेसन डुबानमा परेपछि अहिले त्यहाँबाट विद्युत आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

घिसिङका अनुसार बाढी पसेर सबस्टेसन डुबानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको र प्रदेश नं १ का जिल्लाहरुमा ब्ल्याक आउट भएको छ ।

‘सबस्टेसनको नियन्त्रण कक्ष डुबानमा परेपनि अहिलेसम्म मुख्य उपकरणमा क्षति नपुगेको जानकारी आएको घिसिङको भनाई रहेको छ । पानी नरोकिएमा उपकरणहरूमा ठूलो क्षति पुग्ने देखिएको छ, यस्तो भएमा त्यस क्षेत्रमा विद्युत आपूर्ति केही दिन बन्द हुनसक्छ, अहिले सबस्टेसनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिट्टो विद्युत आपूर्ति उपलब्ध गराउन हाम्रो टिम प्रयासरत छ ।

सबस्टेसनको पानी हटाउनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरी लगायतलाई आग्रह गरिएको घिसिङले बताए ।

उनले दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए ।
यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।

वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic