७३ जिल्लामा नेकपा (एस.)को कमिटी गठन

  • कार्तिक ६, २०७८
  • ७७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ ,६ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्लामा कमिटी गठन गर्न सफल वनेको दावी गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले चारवटा गैर भौगोलिक जिल्ला कमिटी समेत गठन गरिएको दावी समेत गरेकाछन् ।

पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरि सामाजिक कार्यमा लागिएको जनाएकाछन् ।

उनका अनुसार सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् ।

देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेका छन् भने पार्टी निर्माणका पक्षमा देशभरका हजारौं युवा, विद्यार्थी कार्यकर्ताको स्वःस्फूर्त सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिर्न ) का रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको समेत खतिवडाले जानकारी दिएकाछन् ।

त्यसमध्ये ‘कलम’ को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाइएको छ । पार्टीको आधिकारिक वेबसाइट, विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिएको विज्ञप्तिमा पार्टीका पाँच सङ्घीय सांसदले मन्त्रिपरिषद्मा सहभागिता जनाएको भनिएको छ ।

प्रदेश १ र वाग्मती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति ५ दलीय गठबन्धनको बैठकले गरिसकेको जनाइएको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको पार्टीले केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सम्पन्न भएको छ । सम्पूर्ण प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन् । केन्द्रीय आयोग र निकायहरु गठन भइसकेका छन् ।

केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन् । ती विभागहरुलाई पूर्णता दिनका निम्ति देशभरबाट विभागको कार्यक्षेत्र, प्रकृति र चरित्रअनुसारका छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

सबै जनसंगठन, पेशागत तथा सामुदायिक संगठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी छन् ।

पार्टीको सम्पूर्ण जिल्ला कमिटी, जनसंगठनसहित विविध पेशागत तथा सामुदायिक संगठनका इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने काम सम्पन्न भएको जनाइएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic