प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई वन्दै आज २ वजे शपथ हुदै

  • कार्तिक १६, २०७८
  • ३५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असोज ःप्रदेश १ मा गठबन्धन दलको तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राई मुख्य मन्त्री वन्ने भएकाछन् ।

गठवन्धन दलका तर्फबाट मुख्यमन्त्रीका लागि राइले ५० जना संसदको हस्ताक्षर सहित दावी पेस गरेपछि उनी मुख्य मन्त्री हुने निश्चित भएको हो ।

गठवन्धन दलहरुले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सोमवार दाबी पेस गरेका थिए ।

सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसद्‍हरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेको पत्र बुझाएका हुन् ।

प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै भोलि मंगलबार २ बजेका लागि शपथ ग्रहणको समय समेत तय गरिसकेका छन् ।

यसअघि एमालेका सांसद् भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले सोमबार नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए । नेकपा (एस) लाई कांग्रेससहित पाच गठवन्धन दलहरुको ५० सांसद्को समर्थन रहेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic