प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त पहिलो बैठकले के ग¥यो निर्णय

  • कार्तिक १७, २०७८
  • ७२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असोज ः प्रदेश नम्बर १ मा गठवन्धनको तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भएकाछन् ।

मुख्यमन्त्री राईmलाई मंगलवार दिउसो ४ वजे प्रदेश प्रमुख सोमप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् ।

mantri1

नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो, आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र जयराम यादव सामाजिक विकास मन्त्री बनेका छन् भने विष्णुमाया तुम्वाहाङफे सामाजिक विकास राज्यमन्त्री नियुक्त वनेकीछिन् ।

इन्द्र आङ्वो यस अघिको शेरधन राई मुख्यमन्त्री भएको समयमा पनि आर्र्थिक मामिला मन्त्री थिए भने अन्य मन्त्री र मुख्यमन्त्री भने नया अनुहार हुन ।

पहिलो बैठकले के ग¥यो निर्णय

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकले भीम आचार्य नेतृत्वको सरकारले गरेको निर्णय, नियुक्ती र सरुवा खारेजी गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मंगलबार बसेको पहिलो मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

अघिल्लो सरकार गठनदेखि नै असंवैधानिक रहेको ठहर गर्दै मन्त्रीपरिषद बैठकले आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ती र सरुवा पुनरावलोकन गरि खारेजीको प्रक्रियामा लैजाने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

बैठकले प्रदेशका १३७ स्थानीय तहका १र१ जना अल्पसंख्यक, सिमान्तकृत, दलित र बिपन्नलाई प्राबिधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic