प्रेस सेन्टर सुनसरी अध्यक्षमा तीर्थ कार्की सर्वसम्मत चयन

  • कार्तिक १७, २०७८
  • १,२४८ पटक पढिएको
  • छाल खबर
alt

  छाल खवर
धरान,१७ असोज ः नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल सुनसरीको मंगलबार इटहरीमा सम्पन्न चौँथो अधिवेशनले तीर्थ कार्कीको अध्यक्षतामा २१ सदस्य नयाँ समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लेखनाथ दंगाल, महिला उपाध्यक्षमा अनिता रसाइली, सचिवमा अच्युत भट्टराई, सहसचिवमा मनोज निरौला, सहसचिव समावेशीमा दिलबहादुर राई र कोषाध्यक्षमा सविना राई चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा मनि काङमाङ, सुमित थापा, राजकुमार श्रेष्ठ, टिकाराम विक, अम्बिका पाँचकोटी, संगीता चौधरी, नगेन्द्र बजगाई र विनिता कटुवाल चयन हुनुभएको छ ।

2 final

बाँकी ६ सदस्य समितिको बैठकले थप गर्ने गरी रिक्त राखिएको छ ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा रश्मी प्रधान, गोविन्द बस्नेत, विशाल राई, धनकुमार राई (मिलन) र लोकराज निरौलालाई चयन गरेको छ ।

यसैगरी केन्द्रिय अधिवेशन प्रतिनिधिमा गणेश तिम्सिनालाई चयन गरेको छ । बाँकी प्रदेश र केन्द्रिय अधिवेशन प्रतिनिधि समितिको बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष तीर्थ कार्कीले जानकारी दिनुभयो ।

यसअघिको कार्यसमितिमा सचिव रहनुभएका कार्की पत्रकारिता, क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षक पनि हुनुहुन्छ । दन्तकाली एफएम धरानका सम्पादक तथा कार्यक्रम प्रस्तोता रहनुभएका उहाँ शहिद परिवार समेत हुनुहुन्छ ।

3 final

नेकपा माओवादी केन्द्र सुनसरी इन्चार्ज तथा केन्द्रिय सदस्य निर्मल बरालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

4 final

संगठनका प्रदेश नं. १ इन्चार्ज राजन केडी, संयोजक श्रीशीशा राई, केन्द्रिय अधिवेशन आयोजक समिति सदस्य केशव घिमिरे, गंगा बराल, जनकक्रृषि राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic